१०–१० रुपयाँंले झ्याप्पै बढयो पेट्रोल र डिजेलको मूल्य


बैशाख ३१, २०७९, शनिबार | दिउँसो ०३:२७ बजे | 0


१०–१० रुपयाँंले झ्याप्पै बढयो पेट्रोल र डिजेलको मूल्य

भक्तपुर । देशभरबाट यो पार्टीको मत यती अयो उ पार्टीको मत यती आयो भनी रहँदा आयल निगमको पनि पेट्रोलिय मदार्थमा १०–१० रुपयाँको मूल्य बृद्दि सार्वजनिक भएको छ ।
सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो।
नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ।
निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो।
योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ।
निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ ।

Comments