सन्दर्भ चुनाव ः विभिन्न पात्रहरू
बैशाख २९, २०७९, बिहीबार | विहान ०४:१२ बजे | 30
कुमार लघु
समाजमा विभिन्न जातका पात्रहरू हुने देखियो
कोही मादल वजाउने कोही रूख रोप्ने र सूर्य हेर्ने
कामै फरक, वर्ग फरक र विचार फरक ल ल ..
विभिन्नवर्गवाट उठेको मानिसको फरक विचार
समाज एकता चाहानेले समाजलाई सुविचारमा तयगर्छ
जो सुकैले मालामा गाँस्न खोज्नुपर्छ
समाजमा वर्ग दुईवटाछन्
त्यो हो शोषक र शोषित वर्ग
गरिवहरू शोषित पक्षमा वकालत हुनु पर्ने
तर
शोषकहरूले शोषितहरूलाई शोषण गर्न
जसरी झिङ्गालाई चिनी छरेर भुलाए झै
भुलाई राख्छ
गरिवलाई भुलाउन खोजेर भुल्न नहुने हो
गरिवले मेहनत मात्र गर्ने होईन
आफू र गरिव वर्ग मुक्त हुन
जनतासित एकता हुन सिक्नु र विचारमा
परिवर्तन गर्न सक्ने क्षमता हुनुपर्छ ,
शोषकको जाललाई नचुडालेसम्म केही हुनेवाला छैन
मुख्यशोषित एक भई समाज र वर्गको निम्ति
पाखुरा खियाउनु पर्छ ,
बिना गतिशिलताले समय र युगलाई कोल्टो फेर्ने वातावरण उपयुक्ततामा लग्ने समय ल्याउनुपर्छ ,
त्यो ल्याउने जिम्मा प्रत्येक चेतनशिल स्वभावको
कदर गरी समाजलाई नेतृत्व गर्ने
साहासको महत्व छ ।
युगले शोषकको काखिवाट नै शोषितलाई क्रान्तीकारीताको जन्म दिने र दिएको छ गरिवहरूले शासनको बागडोर सम्हाल्ने हो ,
शोषकहरू शोषितहरूवाट नै पराजित हुनेछ
उठ्ने पालो गरिवहरूको काबुमा छन् ।
अब जनताले सोच विचारमा परिमार्जन गर्नुपर्छ
शोषितहरू मुक्तिको लागि आफै उठ्नुपर्छ
समाजमा विभिन्न वर्ग लुकेको छ
एमसिसीको विरोध शोषितवर्गले गर्नपर्छ ,
धनीवर्गले एमसिसी पासगरेर
अमेरीकी दलाल बने रूख र सूर्य धनीवर्ग
पूँजिपति दलालको समर्थक हुन्
वर्गको भेड चिनेर एकता हुनुपर्छ
यो बेला पात्रहरू फेहरिन्छन्
सक्कलि र नक्कलि पात्रहरू जनताले
परिचय गर्छन्
यो बेला धनीवर्गलाई गरिवले निर्मूल गर्न पर्छ
परिवर्तनको बाहाकभई शोषितवर्ग उठौँ
चाँडपर्वमा मादल बजाउनुपर्छ ,
हावाहुरिले रूख ढल्छ फरक नै छैन्
हावाहरीले सूर्यको तेजमधुरो बनाईछाड्छ ।
२०७९÷१÷२९ गते ,भक्तपुर