कालो पहाड ः पाठकको एक दृष्टि ः एक पटक पढ्नै पर्ने किताब
बैशाख २८, २०७९, बुधबार | दिउँसो ०१:४१ बजे | 70
प्रजापति तिमिल्सिना एक सफल उपन्यासकार हुनुहुन्छ ।उहाँका अनेरूवा, विधवा वासना, कालो पहाड, प्रकाशित कृति हुनभने चिठी ,प्रकाशोन्मुख कृति हो । यी प्रकाशित कृतिहरूलाई नेपाली साहित्यमा महत्त्वपूर्ण आख्यानको रूपमा लिइन्छ ।
म साहित्यमा अभिरुचि राख्ने पाठक हुँ ।उहाँको हालै प्रकाशित कृति कालो पहाड सरसर्ती पढ्दा एउटा अनाथ बालक, अनाथ किशोर ,अनाथ एकल पुरूषको कथा पाए । जुन कथा २१७ पृष्ठमा वर्णन गरिएको छ ।यसको मुख्य पात्र “माइला“ हो । ऊ आफ्नोद
दीन ,दमित,कारूणीक कहानी बोकेर उपन्यासका पाना पाना दौडिरहेको छ । जसले टेकेको धर्ती भत्केको छ,भासिएको छ । यो सहरले उसलाई चिन्दैन ,नसरकारले चिन्छ ।किनकि यो धर्ती मानवीय तुच्छतामा काँपिरहेको छ । उसंग केही छैन । नधनसम्पति छ,नआफन्त कोही , नटेक्ने धर्ती । फगत उसंग उसको शरीर मात्र छ । त्यसैले उसलाई विवाहित धर्मपत्नी रूपाले छाडेर जान्छे धर्मै छाडेर ।मस्त जवानीमा प्रणय वियुक्त बनाएर जान्छे ।यो त्यहि प्रणय वियुक्त पारिएको एकल पुरूषको कथा हो ।
यो कहानी अति मर्मस्पर्सी ढङ्गबाट प्रस्तुत गरिएको छ । त्यसैले नेपाली साहित्यलाई माया गर्ने सबैले पढिदिनुहोला भन्ने अनुरोध गर्दछु ।
डा.इन्दुल के सी, भक्तपुर
फोन ९८४१३३४११३