मानबताबाद !


बैशाख २६, २०७९, सोमबार | विहान ०९:२५ बजे | 20


मानबताबाद !

—डा.इन्दुल केसी, भक्तपुर ९८४१३३४११३

ओहो ! वादका पर्खालहरु ठडिए छन्
कोही पर्खाल भित्र कोही पर्खाल बाहिर परेछन् ।

अध्यात्मबादीहरु आस्तिकवादका रे
भौतिकवादीहरु नास्तिकवादका रे ।

पुरातनवादीहरु अप्रगतिशिलवादका रे
आधुनिकतावादीहरु प्रगतिशिलवादका रे ।

जातिवाद, नातावाद, फरियावाद, आफन्तवाद
सामन्तवाद, आयातित राष्टवाद, प्रजातन्त्रबाद ।

पुँंजीवाद, सामाज्यवाद, नवउपनिशवेशवाद
समाजवाद, द्धन्द्धात्मक भौतिकवाद, जनवाद ।

मौकामा चौका हानी अकुत सम्पति कमाउनेको अवसरबाद
ताक परे तिवारी, नत्र गोतामेहरुको अलग्ग वाद ।

कसैको गुलामी नगर्ने स्वाभिमानीहरुको अपवाद र वरवाद
वर्लिनको पर्खाल भत्किए झै विभेद्को पर्खाल भत्कने छ ।

विश्वमा फैलाउनु छ वधुत्वभाव—मानवतावाद !
            २०७९ वैशाख २५ गते सोमबार

Comments