गाउँ–नगरमा चुनाव


बैशाख २५, २०७९, आइतबार | विहान ०५:२८ बजे | 5


गाउँ–नगरमा चुनाव

सत्यराम कासिछ्वा

चर्चा चलेको छ, गाउँ–नगरमा
स्थानीय निर्वाचनको,
दैनिक हजारौँ युवा विदेशमा निर्वासित
तैपनि उद्देश्य भनेकै निर्वाचित !

सोच केन्द्रित छ
गाउँ–नगरको विकास,
राजनीतिक प्रतिस्पर्धाले
दिन सकेको छैन निकास !

गाउँ–नगरमा हिजोआज
खाना पकाउनु पर्दैन रे,
उम्मेदवार केही समयको
अन्नदाता भएको छ रे !

जितको लागि क्षणिक सहयोग
हिजोआज चुनावी मैदानमा,
देखिन थाल्यो व्यवहार
उम्मेदवारको बिन्ती बिसाउमा !

प्रतिबद्धतापत्र निराशाजनक छ
तर, बिन्तीपत्र हेर्दा
व्यवहारमा उतार्लाजस्तो पो
देखियो त सक्रियता !

Comments