अखाद्य मसला उत्पादन तथा बिक्री बितरणमा रोक लगाउनमा माग
काठमाडौं । राष्टिय उपभोक्ता मञ्चले अखाद्य मसला उत्पादन तथा विक्रीवितरणमा रोक लगाउन माग राखेको छ । अध्यक्ष प्रेमलाल महर्जनले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।
विज्ञप्ति
राष्ट््िरय उपभोक्ता मन्चले बिगतका बर्षहरुदेखि नै नेपाल सरकारको नियमन निकाय तथा सम्बन्धीत पक्षलाई बजारमा अखाद्य, मिसावटयुक्त एवं अस्वस्थ खाद्य पदार्थहरु उत्पादन तथा बिक्री बितरण भई रहेको सम्बन्धमा पटक पटक लिखित रुपमा जानकारी गराउदै आएको व्यहोरा सबैमा अवगत नै भएको हो । यद्यपी बजारमा त्यस्ता अखाद्य, मिसावटयुक्त, गुणस्तरहिन एवं म्याद नाघेका सडेगलेका खाद्य पदार्थहरु बजारमा आई नै रहेको र उपभोक्ताहरु झुक्यानमा परी त्यस्ता अखाद्य पदार्थहरु उपभोग गरी रहेको पाइएकोछ ।
राष्ट््िरय उपभोक्ता मन्चमा प्राप्त गुनासोको आधारमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक बजार अनुगमन तथा अनुसन्धानको लागी मिति २०७८।४।२९ मा गरेको निवेदनको आधारमा बिभागले गरेको बजार अनुगमनको क्रममा दुगड स्पाइसेज एण्ड फुड इण्डष्ट््िरज प्रा.लि. बिराटनगर, मोरंङले उत्पादन गरेको सेन्चुरी मसला खाद्य गुणस्तरको परिधि भित्र नपरेको कुरा परिक्षणको आधारमा पुष्टि भएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको मिति २०७८।१२।०२ को निर्णय अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ख बमोजिम हदैसम्मको कारवाही गर्दै रकम रु. ३ लाख जरिवाना गरिएको र आगामी दिनमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको जानकारी यस मन्चलाई प्राप्त हुन आएकोछ ।
सोही आधारमा यस मन्चले खाद्य गुणस्तर सम्बन्धी नियमन निकायको रुपमा रहेको श्री खाद्य प्रबिधि तथा गुणस्तर बिभागलाई मिति २०७८।१।४ मा आवश्यक कारवाहीको लागी मांग गरी सकेको र कारवाहीको क्रममा रहेको व्यहोरा सम्बन्धीत सबैमा अनुरोध गर्दै बिगतमा पनि बिभिन्न अनुचित व्यापारिक कृयाकलाप गर्दै आएको उक्त दुगड स्पाइसेज एण्ड फुड इण्डष्ट््िरज प्रा.लि. बिराटनगर, मोरंङबाट उत्पादन हुने सेन्चुरी ब्राण्डका मसलाहरु उपभोग गर्दा होशियार रहनको लागी सबैमा अनुरोध गर्दछौं ।
(प्रेमलाल महर्जन)
अध्यक्ष