धुलिखेलमा सकियो एकदिने आर्किटेक्चर एक्स्पो
बैशाख १५, २०७९, बिहीबार | विहान ०९:४९ बजे | 25
काठमाडौं । काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार त्यहाँं एकदिने आर्किटेक्चर एक्स्पो भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिंग आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको प्रारम्भ इभन डे नामाकरण गरिएको एक्स्पोमा विभिन्न स्टलहरु राखिएका छन् ।
एस्पोको अवसरमा अन्तर कलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो । साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो । एक्स्पो विहान १० बजेदेखि साँंझ चार बजेसम्म भएको थियो ।
एक्स्पोमा सहभागी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले एक्स्पोमा आफूहरुसहित धेरै स्टलहरु रहेको जनाए । आर्किटेक्चरका विद्यार्थीहरुमा वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगबारे जनचेतना दिने उद्देश्यले एक्स्पोमा आफूहरु सहभागी भएको उनले बताए ।