बाल विकास स्कुलमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सम्पन्न
बैशाख ६, २०७९, मङ्गलबार | दिउँसो ०३:०१ बजे | 35
सीता कोजू
भक्तपुर । भक्तपरको लिवालिस्थित बाल विकास सेकेण्डरी स्कुलले मंगलबार टाइफाइडविरुद्धको खोप कार्यक्रम सम्पन्न गरेको छ । विहान नौ बजेर पाँंच मिनेटबाट सुरु भएको सो कार्यक्रमबाट स्कुलभित्रकै एक हजार एक सय विद्यार्थी लाभान्बित भएका थिए । साथै छिमेकी स्कुल तथा अन्य बाहिरका बालबालिकाहरु पनि खोप कार्यक्रममा सहभागी भई लाभान्बित भएका थिए ।
देशबाटै टाइफाइड उन्मुलन गर्ने हेतुले सञ्चालित यो खोप कार्यक्रम १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरिएको छ । बाल विकासबाहेक मंगलबार जिल्लाका धेरै स्कुलहरुमा पनि टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।