मजदुर–किसानलाई पहल गर्नुपर्छ जनप्रतिनिधि बनाउनेमा


बैशाख ६, २०७९, मङ्गलबार | दिउँसो १२:३४ बजे | 65


मजदुर–किसानलाई पहल गर्नुपर्छ जनप्रतिनिधि बनाउनेमा

रामकृष्ण प्रजापति
सुन्नु दिदीबहिनी दाजुभाइ आयो स्थानीय चुनाव
चिन्नु राजनीतिक दलहरु आयो भोट हाल्ने सख्यभाव

जनताको स्वर चुनावमा हुन्छ घनघोर
देशभक्तिको स्वर देशघाती एमसिसिको हार

आयो चुनाव बज्यो घण्टी छोड्यो जनताले देशघाती
बरबराइ रहयो देशघाती देशभक्तहरुले फुस्काई दियो धोती

सत्ता स्वार्थको लािग मुल्यमान्यता आर्दशहरु ओझेलमा
गठबन्धन नैतिक अनैतिक र जायज नाजायजको आहालमा

हार्नेहरु लघुताभाषमा र जित्नेहरु उन्मादमा
देश र जनताको निम्ति घाँडो शासकको घमन्डमा

जता काफल पाक्यो उतै नाच्यो
उम्मेदवार गणेशमानको भेडा बन्यो

सत्ता वरिपरि घुम्ने गणेश प्रवृत्ति
शासक दलका राजनीतिक प्रवृत्ति

लाल गद्दार होस वा संशोधनवाद
वैतरणी तर्न अनैतिक गठबन्धनवाद

विचार मिले एकता, एजेण्डा मिले तालमेल
विचार एजेण्डा नमिले पनि जित्नको लागि जालझेल

एकलब्य दृष्टि चुनाव जित्ने तालमेल असैद्धान्तिक भए पनि हुने
जसरी भएपनि चुनाव जित्ने जितेर कुर्सी जोगाउने

राजनीति सेवाको माध्यम नभएर कमाईको थलो गर्ने
कमाउनको लागि विचार, सिद्धान्त र निष्ठा छोड्ने  

मतदाता दाजुभाइ सुनु, शासक नेता सबै बदनाम
भोट उसलाई दिनु, जसको राम्रो काम

जो असल व्यक्ति जसले मतदाता चिन्दछ
जितेर पनि गाउँमा जुन व्यक्ति आउँछजान्छ

जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने
विदेशी सामु हात नफैलाई आफ्नै खुट्टामा उभिने

जिति सके पछि जसले गर्छ विकास
जनप्रतिनिधि हुने लाइनमा गछौं उसलाई पास

भोट उसलाई नदिनु जो आउँदैन् गाउँमा
भोट दिने नाममा दुःख दिनु ठाउँमा

जुन नेता छ पहिले नै बेइमान र भ्रष्ट
मतदाता दाजुभाइ, उसलाई चुन्ने नगर्नु कष्ट

चुन्नु रोल मोडेल, चुन्नु ख्वप मोडल
आर्दश समाजको मोडल छान्नु समाजवाद उन्मुख दल

समस्याहरु समाधान गरेर हुनु सहभागी सुखदुखमा
मजदुर–किसानलाई पहल गर्नुपर्छ जनप्रतिनिधि बनाउनेमा

धन्यवाद ।

Comments