जिउँदो भएर पनि लाश भएका.....


बैशाख ६, २०७९, मङ्गलबार | विहान ०४:२९ बजे | 25


जिउँदो भएर पनि लाश भएका.....

कुमार लघु
देशको निम्ति मर्न डराउनेहरू
संसदमा कुहिएर थुप्रीएका फोहरकोडुङ्ररको नेता भनाउँदाहरू
न्यायालयको कठघरामा न्यायलाई खाल्डामा पुरिएका
जिउँदोलास भएरमर्न नसेकोरछ्यानमा पलाएकाहरू
मानिस मर्छन देशको निम्ति मर्नपर्छ ,
भनेहरू मर्न डराए !
जिउँदोलास भएर भत्ता र तलवमा नै लुटपुतिए
जनताबाटामा चिच्याउँदा आँखा अन्धो र कान बहिरोपारी हिडे
जिउँदो भएर पनि मरेकाहरू
चुनावमा मशानघाटवाट उठेर आउने धृष्टता गर्दैछन्
जनतालाई विपनामा तर्साउन आउँदैछन् ,
गुलियो पोतेको बीस खाईपिई अर्गटमा वसेकाहरू
जनताको आवाजलाई संसदमा पु–र्याउने कसम खाएका
त्यो वचन संसदमा उठाउन नसकेका नरपिसाचहरू ,
आँखा,कान,हात र विचार लुलोलंङ्गडो गरि बसे
भेडाको आवाजमा भ्या भ्या कराई बसे
कसाईको अगाडि राँगो रोए झै आँसु बगाए
लोभ र पाप ग्रहण गरेर रछ्यानमा डुबी बस्यो
कति लाजपचेका देश वेच्न नि पछि परेन् !
तै मरेर लास वनेकाहरू सुन्या नसुन्या गरेर र
अमेरिकनको एमसिसी पास गरेर पठाई
देश अमेरिकालाई संसदले पास गरि दियो
काले शेरे गोरे शेरे भएर वस्न राजि भए ?
मरेको लास उठेर आउन प्रयासमा छन्
जिउँदा भएर नि लास भएकाहरू वाच्न प्रयत्न गर्नेछन्
नेताहरूले नि गुण्डा राज गर्न थालेपछि
जनताको मन थाम्न नसकेर
मन र मुटुमा छियाछिया भएकाछन्
जिउँदा लाशवाट उठेर आएकोलाई जित्न
कडापि दिने कसैले धृष्टता नगर्नु
एमसिसीको विष नपिउने देशभक्तहरूको
कमि छैन्
सानो पार्टी उच्च विचारले सुसज्जित विचारका
नि संसदमा उपस्थिती भएर जनताको आवाज राख्यो
ती हुन जिउँदा माहापुरूष नेमकिपाको प्रेम
शत्रुले पनि प्रशंसा गर्न बाध्य भयो प्रेमको ,
जनताको प्रेम आसा भरोसा र प्रतीज्ञा उसैमाथि छन् ।
२०७९÷१÷०६ गते

Comments