सकियो भक्तपुरको सल्लाघारीमा भएको मेला


बैशाख ५, २०७९, सोमबार | दिउँसो १२:०५ बजे | 25


भक्तपुर । पाँंच करोड रुपैयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सबमा करिब ४ लाख आगन्तुकहरू भ्रमण गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ ।
मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू रहेका थिए ।  औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाउदैं आएका छन् ।
सांस्कृतिक, पर्यटन तथा व्यापार मेला मा भएको डान्स आइडलको बिजेता सन्जु तामाङ बन्न सफल भएकी थिइन् भने फर्स्ट रनरअप मोनालिशा धामी, सेकेण्ड रनरअप बिपिना तामाङ, बेष्ट प्रफरमेन्स करुणा खड्का र पंक्चुअलिटीको टाईटल रुना सुनामले जित्न सफल भएका थिए ।
महोत्सबको केही रकम महोत्सब आयोजक संस्था मार्फत मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको अध्यक्ष महतले जानकारी गराए । नयाँवर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला वैशाख ४ गते रातिबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना भएको थियो ।

Comments