भक्तपुरको विस्का जात्रा आज सकिंदै, साँंझ भैरबनाथका रथ तानिने
बैशाख ५, २०७९, सोमबार | विहान १०:३० बजे | 5
भक्तपुर । नौ दिन आठ रात लामो भक्तपुरको विस्केट जात्रा सोमबारबाट सकिैदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानिन्छ । भैरबनाथको रथ तानिने क्रमको समाप्तिसँंगै जात्रा सकिने परम्परा छ ।
भैरबनाथको रथलाई डोरीको सहायताले तानिन्छ । आज पनि परम्परा अनुसार दुई साइडबाट रथलाई तानिन्छ । यसअघि पनि यही रथ तानेर चैत २७ गतेबाट जात्रा सुरु भएको थियो ।
जात्राको अन्तिम दिनलाई द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात् थनेतिर लानुपर्ने परम्परा छ । भक्तपुुरको टौमढी क्षेत्रलाई नगरको मध्य भाग मानिन्छ ।
रथ तान्न सकेपछि रथलाई पाँंचतल्ले मन्दिर अगाडि पुयाएर जात्रा सकिन्छ । जात्रा सकेपछि भोलिपल्टदेखि रथलाई विगारेर काठ पाँंचतल्ले मन्दिरको पछाडि सुरक्षित साथ राखिन्छ । अर्काे वर्ष यही काठको प्रयोगबाट रथ बनाइन्छ ।
प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात् वैशाख ५ गते जात्रा समापन हुने प्रचलन छ । भैरबनाथको रथ काठैकाठबाट प्यागोडा शैलिमा बनाइएको तीनतल्ले हुन्छ । यसमा चार वटा काठकै पांग्रा हुन्छन् ।
रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन् । जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । यसरी नै जात्राको अन्तिम दिन द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ । त्यसकारण त्यो दिन माथितिर ६ वटा डोरी राखिन्छ । तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानिर पछिल्लो वर्ष जता पनि लैजान गर्दछन् ।
इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।
भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाईने जिव्रो छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ ।
यसअघि जात्राको अन्तिम दिन दिउँंसो हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको थियो । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन चैत २७ गते विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन वैशाख ५ गते दिउँंसो ढाल्ने परम्परा छ ।