ढालियो भक्तपुरको विस्का जात्राको हात नभएको ल्योसिंद्य
बैशाख ५, २०७९, सोमबार | विहान ०८:२१ बजे | 5
भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा सोमबार हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको छ । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन चैत २७ गते विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन वैशाख ५ गते दिउँंसो ढाल्ने परम्परा छ ।
स्थानीय टोलबासीहरु मिलेर ल्योसिंद्य ढालिएको हो । हात नभएको र तुलनात्मक रुपमा सानो हुने हुँंदा यो ल्योसिंद्य ढाल्दा खतरा कम हुन्छ । विस्का जात्राकै क्रममा भक्तपुरकै ल्योसिंद्य उठाउँंदा र ढाल्दा भने खतरा हुन्छ । ५५ हात लामो तथा हात भएका कारण उक्त ल्योसिंद्य उठाउन र ढाल्न खतरा हुने भएको हो । यही कारण उक्त ल्योसिंद्य उठाउँंदा र ढाल्दा जात्रा आसपास पाँंच सात वटा एम्वुलेन्सहरु तयारी अवस्थामा रहने गर्दछ ।
भक्तपुरको विस्का जात्रा आठ रात नौ दिन चल्ने गर्दछ । भैरब र भद्रकालीको रथ तान्नु, ल्योसिंद्य उठाउनु र ढाल्नु, जिव्रो छेडेने जात्रा, सिन्दुर जात्रा यहाँंको जात्राका मुख्य आकर्षणहरु हुन् । यीबाहेक पनि यहाँं योवीचमा धेरै ससाना जात्राहरु हुने गर्दछन् ।
इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।