नेकको बास्केट कोर्टमा सकियो व्हिलचियर बास्केटबल प्रतियोगिता
बैशाख ४, २०७९, आइतबार | विहान ०९:५४ बजे | 25
भक्तपुर । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना र चाँगुनारायण नगरपालिकाको सहयोगार्थ प्रथम चाँगुनारायण व्हिलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रको प्रमुख आतिथ्यतमा उद्घाटन भएको कार्यक्रममा चाँगुनारायण नगरपालिका उपप्रमुख बिना बास्तोला र नेपाल इन्जिनियरिङ्ग कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठ बिशेष अतिथि रहेका थिए । साथै अतिथिहरुमा, अपाङ्गता भएका महिलाहरुको महासंघका अध्यक्ष निर्मला धिताल, नेपाल महिला संघका महासचिब मिना पौडेल, मेरुदण्ड पक्षघात समुहका महासचिब केसब थापा, स्पाइनल इन्जुरी पुनस्थापना केन्द्रका काउन्सुलर ऋषी ढकाल, नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका निबर्तमान अध्यक्ष बाबुराम मिश्र, सैनिक पुनस्थापना केन्द्र स्वयम्भूका सेनानी (मेजर) सुरजराज सिमखडालगायत रहनुभएको थियो ।
प्रमुख अतिथी सोम मिश्रबाट रेफ्री प्रेम सुन्दर होनालाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो भने प्रतियोगिता समापन कार्यक्रममा चागुनारायण नगरपालिका उपप्रमुख बिना बास्तोलाको प्रमुख आतिथ्यतामा र अतिथीद्वय सुरजराज सिमखडा, प्रेम सुन्दर होनाद्वारा बिजेता खेलाडीलाई पुरुस्कार बितरण गरिएको थियो ।
महिलातर्फ प्रथम डव्लुडव्लुवीए, द्वितीय एनएससीईएसए, तृतिय वीआईए भएको थियो भने पुरुषतर्फ प्रथम त्रिभुवन आर्मी कल्ब, द्वितीय एनएससीईएनएन र तृतिय वीआईए भएको थियो । कार्यक्रम भव्यताका साथ सफल गर्न सहयोग पुयाउने कार्यसमितिका पदाधिकारीहरु, सम्पुर्ण स्वंयम सेवकहरु, पत्रकार तथा खेलाडीहरुलाई धन्यबाद साथै बिजेता खेलाडीहरुलाई बधाइ तथा शुभकामना दिइएको थियो ।
कार्यक्रम नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको बास्केट कोर्टमा भएको थियो । कार्यक्रमका लागि नेकले सहयोग गरेको थियो । नेकले वास्केट बल कोर्ट, खानेपानी, कोठाहरु आदि सहयोग गरेको थियो ।