आज दिनभरि भक्तपुरमा द्यो स्वगं वियगु जात्रा


2022-04-17 09:37:27

News Image

भक्तपुर । बिस्काः जात्राको आठौं दिन आज भक्तपुरमा द्यो स्वगं वियजु जात्रा (सगुन जात्रा) धुमधामका साथ मनाईंदै छ । बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा विभिन्न देवी देवताहरुको परिक्रमा गरी देवी देवताहरुलाई सगुन दिँदैं जात्रा मनाईएको हो ।
जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दौरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । देवी देवताहरुलाई सगुन पुजा गर्न आ–आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो । जात्राकाक्रममा सहभागीहरुले देवी देवताहरुलाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।
यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाईन्छ । बिस्काः जात्राकाक्रममा विघ्न बाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पुजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाईएको संस्कृतिविद ओम धौभडेलले जानकारी दिनुभयो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *