सकियो ख्वप कलेजले गरेको नयाँंवर्ष साइकल यात्रा


बैशाख ३, २०७९, शनिबार | विहान ११:२१ बजे | 15


सकियो ख्वप कलेजले गरेको नयाँंवर्ष साइकल यात्रा

भक्तपुर । हरेक महिना साइकल यात्राको आयोजना गर्न सुझाबका साथ नयाँंवर्ष साइकल यात्रा शनिबार भक्तपुरमा सकिएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा साइकल यात्रा भएको हो ।
यात्रामा कुल १३ जनाको सहभागिता रहेको थियो । पाँंच जना विद्यार्थी र आठ जना प्राध्यापकहरुले यात्रामा सहभागिता जनाएका थिए । यसमा दुई जना छात्रा थिए ।
यात्रा विहान साढे ६ बजे ख्वप कलेज देकोचा भक्तपुरबाट सुरु भएको थियो । यात्रा कलेजबाट भक्तपुर नगर हुँदै
टौमढी पुगेर सूर्यविनायक पुगेको थियो । सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलस्थित सिम्पानी रेस्टुरेन्टमा ब्रेकफास्ट लिएर समापन भएको थियो । त्यहाँंबाट पुनः कलेज फर्केको थियो ।
समापनमा कलेजका प्रा.डा.पुरूषोत्तमलोचन श्रेष्ठले आफ्नो लुकेको सांगितिक प्रतिभा प्रस्फुटन गरे । जीवनभर प्राध्यापनमा व्यस्त उनले माउथ अर्गानमा राजमति कुमतिको नेपाल भाषाको धुन बजाएर सहभागी सवैलाई मनोरञ्जन गराए ।
इात्रामा सहभागी साइकल यात्रीहरूले हरेक महिना साइकल यात्राको आयोजना गर्नुपर्ने कुरामा जोड दिए । साइकल यात्रामा सबैले उत्साहका साथ सहभागी भएको अनुभव सुनाए ।


Comments