चाँंगुनारायणमा ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु
बैशाख ३, २०७९, शनिबार | विहान ०७:३७ बजे | 5
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता शनिबार सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजनामा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उदघाटन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन बिकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागिएको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नु भन्दा पहिले नै योजना ल्याउनसमेत आग्रह गरे ।
प्रतियोगितामा सात टिम पुरुष र ४ टिम महिलाको रहको जनाइएको छ । पहिलो खेलमा जाउलाखेल क्लबलाई त्रिभुवन आर्मी क्लबले २१, ३३ ले पराजित गरेको छ । अरु खेलहरु जरी छन् । प्रतियोगिताको फाइनल पनि आजै हुने जनाइएको छ । उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिइने छ । चाँंगुनारायण नगरपालिकाका उपमेयर विना वास्तोलाबाट पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको आयोजक नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका महासचिव दिलिप सापकोटाले जनाए ।