कर्मचारीमा परिवर्तन कहिले ?
बैशाख ३, २०७९, शनिबार | विहान ०३:०९ बजे | 5
सत्य राम कासिछ्वा
आखिर कहिलेसम्म
मैले तिरेकै कर
उसको लागि
हुने गर्छ तलब
मैले नै भोग्नुपर्ने
चर्को मूल्यवृद्धि
तर उसले
पाउने गर्छ महंगी भत्ता
भने जति कर मैले नै तिर्नुपर्ने
आफ्ना सेवाग्राहीलाई
कहिले यता कहिले उता
यसरी नै दोहो¥याउने उसको काम
आजको काम मेरो
तर उसको लागि
हुने गर्छ भोलि
जुन कहिल्यै आउँदैन
स्थानीय होस् केन्द्रीय
जहाँ नि
त्यस्तै व्यवहार
बहुसंख्यक कर्मचारी भन्नेहरू
श्रमिक या मजदुर
दिवस भनौं
उसैलाई चाहिने
थप सुविधा
अध्ययन र योग्यता नभएका
कर्मचारी नियुक्ति हुने
योग्य मान्छे
परदेशमा पसिना चुहाउँदै
कार्यालय समयमा
सामाजिक सञ्जालमा
योग्यता पुगेका युवा
अरबको खाँडिमा
दिनको १८ घण्टा काम गर्ने कहिल्यै नथाक्ने
८ घण्टा काम गर्ने मजदुर तीन तिर भ्याउने
यो नियति समाजले विकसित गरेको कि
मजदुर दिवसले?
राजतन्त्रबाट गणतन्त्र
सुधारको आवश्यकता
महसुस नभएकै हो त
कर्मचारी तन्त्रको
जाडोमा हिटर र घाम
ताप्नु नै उसको काम
गर्मीमा पंखा उसको आवश्यकता
सेवाग्राहीलाई पानीको समेत अभाव
दलको झन्डा बोक्दैमा
क्रान्तिकारी र परिवर्तनकारी हुने
कस्तो सोच
विकासका ठेकेदारी