शताव्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, यही कारण ल्याइएन विस्कामा
बैशाख २, २०७९, शुक्रबार | दिउँसो ०२:०० बजे | 30
भक्तपुर । शताव्दी पुरुष डा.सत्यमोहन जोशी विरामी भई किस्ट हस्पिटल ग्वार्कोको डिलक्स सुइटमा भर्ना हुनुभएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले यसबारे पुष्टी गर्नुभयो ।
अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यका अनुसार हिजो भर्ना हुँदा उहाँको मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी भएता पनि हाल स्थिति सन्तोषजनक रहेको छ ।
यसअघि उहाँंलाई भक्तपुरको मध्यपुर थिमिस्थित जिव्रो छेडने जात्रा देखाउने ल्याउने कार्यक्रम तय भएको थियो । विरामी भएका कारण जात्रा देखाउन ल्याउन नसकेको मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले जनाए ।