सकियो जिव्रो छेडने जात्रा
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि जिव्रो छेडने जात्रा शुक्रबार सकिएको छ । यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । पछिल्लो पटक जिव्रो छेडाएका ४९ वर्षिय बुद्धकृष्णले यो पटक पनि नवौ पटक जिब्रो छेडाएका हुन् । यसअघि पछिल्लो वर्ष उनलै आठौ पटक जिव्रो छेडाएका थिए ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गरेका छन् । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।
बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालकका रुपका कार्यरत छन् । उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेरेका थिए । त्यसपछि उनले २०६५ सम्म निरन्तर रुपमा जिब्रो छेरेका थिए ।
जिब्रो छेर्ने जात्राको लागि पहिला बजेतको व्यवस्था थिएन । पहिला जसले जिब्रो छेर्ने हो उसले इष्टमित्रलाई भोज खुलाउनपर्ने तर अहिले भने मध्यपुर थिमि नगरपालिकाले यसको लागि गत वर्ष १ लाख बजेट दिने गरेको उनले जानकारी गराए । त्यो १ लाख पैसा जिब्रो छेर्ने एक जनालाई मात्र नभई सबै बाजागाज, जिब्रो छेराउने, सबै सहयोगीलाई रहेको उनले बताए ।
जिब्रो छेडाउन अघि केही वैज्ञानिक प्रक्रियाहरु अपनाएका हुन्छन् । त्यसका लागि दुई दिन अगाडिदेखि भोकै बस्ने गर्दछन् । दुइृ दिन कुनै प्रकारका खाद्यबस्तु नखाइ वस्ने गर्दछन् । नखाई वस्दा जिव्रो मर्ने र स्वाद थाहा नपाउने हुँंदा नदुख्ने बताइन्छ ।
दुई दिन पछि जिब्रो छेर्ने दिन एक महिनादेखि भुटेको तोरीको तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियाले जिब्रो छेडिएने गर्दछ । जिब्रो छेर्ने दिन विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाउने परम्परा छ ।
जिब्रो छेर्र्ने ब्यक्तिलाई सम्मानको रुपमा बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ । त्यसपछि जिब्रो छेर्ने अधि शक्ति पिठहरुको दर्शन गरिन्छ । जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ ।
परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।
हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् । अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७९ सम्म नौ पटक र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।