आयो चुनाव है


बैशाख २, २०७९, शुक्रबार | विहान ०२:०४ बजे | 25


आयो चुनाव है

कुमार लघु
बाबा मलाई नयाँ वर्षका नयाँ जुता र मोज्जा
बाबा तपाईले नयाँ वर्षमा नयाँ काम थालनी गर्नुस्
आमा तपाईले नयाँ सोच राख्नुस्
आमा यो नयाँ वर्षमा नयाँ जनप्रतिनिधी छानुस्
जो पायो त्यो सोचाई राख्नेलाई होईन है मत
जनताको काम गरेकोलाई छानुस्
हरि लन्ठूहरूलाई होईन स्नात्तक पास भएकलाई
नेताको साथै पार्टीको नियम र
विधानको कदर गर्नेलाई भोट राख्नुस्
विगतमा चुनाव ताका जनादेश सिरोपर पूरा गर्नेलाई
झूठ बोल्ने हत्यारा विदेशी दलालहरू हराउनुस् ,
वडाको वजेट झ्वाम पार्नेलाई भोट नदेऊ
पाँचवर्षमा गाउँ र जिल्ला ध्वस्ट पार्नेलाई हराउनुस् ।
गलत ठाउँमा परे हामीलाई आउँछ अपठ्यारो
छोट्टो समय होईन लामो समय पाँचवर्ष है
निकै समय हाम्रो मतले नै हेला नगरोस्
पाँचवर्ष भनेको आधा दशक  जुग हुो
समाजवादी विचारका व्यक्तित्व उम्मेदवार होस्
देखावटी समाजवादी विचार र यथास्थितिवादी नहोस्
गाँसेगुसे एकैनासे  र अवसरवादी गुण्डहरू नछानुस्
मुसा र विरालो स्वभावका जालिफटालाई मत नदेऊ
देश वेचुवा र एमसिसीको समर्थकलाई मत नदेऊ
जनतालाई धोका दिनेलाई भोट नदिनुस्
जनताको उमेदवार होस् जनताकोकाम गरि
जनताको मन जितेर समाजमा खट्नेलाई जिताऔ
चुनावले जिवनमा ठूलो असर गर्छन् ,विर्सनु छैन
 मत बारूद बमभन्दा नि शक्तिशालि छ बुझ्नुस् ।
भक्तपुर

Comments