भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा ५५ हात लामो ल्योसिंद्य (लिगाेंं) बिहीबार साँंझ ठिक सात वजे ढालिएको छ । विहीबार साढे तीन बजे उठाइएको ल्योसिंद्य ठिक सात ढालेको हो । ढाल्न सुरु गरेको दस मिनेटमै ल्योसिद्य ढालिएको थियो । ढाल्ने क्रममा पनि डोरीहरु चुडिएका थिए ।  
परम्परा अनुसार ल्योसिंद्यो प्रत्येक वर्ष चैत मसान्तमा उठाइन्छ र नयाँं वर्षको पहिलो दिन वैशाख १ गते ढालिन्छ । तर यो वर्ष बुधबार उठाउन सकिएन । त्यसपछि ल्योसिंद्योलाई विहीबार मात्रै उठाउन सफल भइयो ।
वर्षको अन्तिम दिन उठाउने ल्योसिंद्य वर्षको पहिलो दिन अर्थात् वर्षको पहिलो दिन नै ढाल्नुपर्ने परम्परा अनुसार बिहीबार ढालिएको हो । अघिल्लो वर्ष उठाएर नर्याँँ वर्षमा ढाल्नुपर्ने परम्परा भए पनि वर्षको अन्तिम दिन उठाउन नसक्दा वर्षको पहिलो दिन नै उठाएर त्यही दिन ढाल्ने परम्परा छ । यसरी परम्परा अनुसार वैशाख १ गते विहीबार ल्योसिंद्य ढालिएको हो ।
प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो यो ल्योसिंद्य उठाइन्छ र ढालिन्छ । ५५ हात लामो र ठूलो भएका कारण यो ल्योसिंद्य यस मात्रै मात्रै होइन, गतवर्ष पनि निर्धारित दिनमा उठाउन असफल भएको थियो ।
आठ वटा डोरीको सहायताले सयौं युवाले सामूहिक बल प्रयोगबाट मात्रै यो ल्यासिंद्यो उठाउन सफल हुन्छ । नर्याँ वर्षको साँझ डोरीको सहायताबाटै ल्योसिंद्यो ढालिन्छ ।
आठ रात नौ दिन लामो विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षण नै यो ल्योसिंद्य उठाउनु र ढाल्नु हो । यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा हेर्न आउने गर्दछन् ।
यसअघि नयाँंवर्ष चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।
एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।
भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्वन्धी अनेक किंम्वदन्ती छन् ।
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।  

...

All Comments.......


Please Login/Register To Comments