उठाइयो विस्का जात्राको ल्योसिंद्यो, आजै साँंझ ढालिने
भक्तपुर । भक्तपुरको विस्का जात्राको ल्योसिंद्यो (लिगाें) बल्ल उठाउन सफल भएको छ । ल्योसिंद्य बिहीबार दिउँंसा साढे तीन बजे मात्रै उठाउन सफल भएको हो ।
ल्योसिंद्यो उठाउन बुधबार साँंझदेखि नै प्रयासरत थियो । तर पनि प्रयास बिफल हुँंदै आएको थियो । भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्य साझदेखि रातभर प्रयास हुँंदा पनि उभ्याउने प्रयास सफल हुन नसकेको थियो ।
५५ हात लामो र ठूलो भएका कारण यो ल्योसिंद्य सिमिमित उठाउन सकिंदैन । आठ वटा डोरीको सहायताले सयौं युवाले सामूहिक बल प्रयोगबाट मात्रै यो ल्यासिंद्यो उठाउन सफल हुन्छ । ल्योसिंद्यो उठाउने क्रममा पटकपटक डोरी चुँंडेको थियो ।
उठाइएको ल्योसिंद्योलाई परम्परा अनुसार आजै साँंझ ढालिने छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो । यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा हेर्न आउने गर्दछन् ।
यसअघि नयाँंवर्ष चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।
किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।
एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।
भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्वन्धी अनेक किंम्वदन्ती छन् ।
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ ।