भक्तपुरको विस्का जात्रा हेर्न सत्यमोहन जोशी आउने


बैशाख १, २०७९, बिहीबार | विहान ०९:४० बजे | 35


भक्तपुरको विस्का जात्रा हेर्न सत्यमोहन जोशी आउने

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिको विस्का जात्रा हेर्न शताव्दी पुरुष डा सत्यमोहन जोशी आउने भएका छन् । जोशीलाई जात्रा हेर्नका लागि मध्यपुर थिमि नगरपालिकाले आमन्त्रण गरेको हो । मेयर मदनसुन्दर श्रेष्ठले उहाँंको स्वास्थ्य अवस्था ठिक रहे उहाँंलाई जात्रा देखाउन मध्यपुर थिमि ल्याउने जनाए । मध्यपुर थिमिको जिव्रो छेड्ने जात्रा देखाउन उहाँंलाई ल्याउन खोजिएको उनले बताए । मध्यपुर थिमिको मुख्य आकर्षण जात्रा बैशाख २ गते हुने जिब्रो छेड्ने जात्रा हो ।

Comments