जब ल्योसिंद्यो उठाउन वडा अध्यक्ष आफैं पुगे .....
बैशाख १, २०७९, बिहीबार | विहान ०३:५६ बजे | 30
भक्तपुर । रातभरको निरन्तरको प्रयासपछि पनि ल्योसिंद्य उठाउन नसकेपछि भक्तपुरका एकजना वडा अध्यक्ष ल्योसिंद्य तान्न आफैं पुगेका छन् । भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष कुमार चवाल विहान ल्योसिंखेलमा पुगेका हुन् । उनी ल्योसिंद्य उठाउन निर्देशन दिन पुगेका थिए । साथै उनले ल्योसिंद्य तान्न हौसाएका थिए । साथसाथै उनी आफैले पनि ल्योसिंद्य तानेका थिए ।