बालकोटको तुवाचोमा पनि बिस्का जात्रा सुरु


चैत ३०, २०७८, बुधबार | दिउँसो ०१:१९ बजे | 25


बालकोटको तुवाचोमा पनि बिस्का जात्रा सुरु

कविन श्रेष्ठ
भक्तपुर । भक्तपुरको बालकोटस्थित तुवाचोमा पनि बिस्का जात्रा सुरु भएको छ । बुधबार बाजागाजाका साथ जात्रा मनाउन थालिएको हो । यसअघि यहाँ विस्का जात्राको चलन थिएन ।
पुरानो नेवार वस्ती रहेको यस स्थानमा आफ्नो छुट्टै बाजाखलक थिएन । तर नयाँवर्ष २०७९ देखि विस्का जात्रा मनाउन तुवाचो गणेश मन्दिरमा बाजा खलक बनाएको छ । जात्राकै लागि बाजा खलकले दुई महिनादेखि अभ्यासमा रहेको थियो । खलकमा बच्चादेखि तन्नेरीसम्म सहभागी रहेका छन् ।
होलीमा सानाभाइहरूले बाजा बजाएको देखेर र यस टोलमा पनि आफ्नो बाजा खलक नहुँदा खल्लो महसुस हुने देखेर यसपालीदेखि बाजा बजाउनुपर्छ र आफ्नो संस्कृति आउने पुस्ताले बुभुन् भन्ने प्रेरणाका साथ अघि बढेको बताउँछ स्थानीय ।
जात्रा मनाउने सोच होलीमा सानाभाइहरुले राम्रोसँग बजाएको देखेर आफुहरु पनि प्रेरित भएको बताउँछन र यसलाई अघि बढाउनुपर्छ भने उद्देश्यले बाजाखलक स्थापना भएको बताउँछन् स्थानीय । जात्रा गते चैत ३० गते वेलुका सगुन दिई साइत गरेको छ । वैशाख १ गते बिहान ५ बजे दक्षिणबराही मन्दिर हुँदै बालकुमारी परिक्रमा गरिने जनाइएको छ । साथै बैशाख २ गते पनि सोही तरिकाले परिक्रमा गर्ने जनाइएको छ ।

Comments