विस्का जात्रा तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान
चैत २९, २०७८, मङ्गलबार | दिउँसो ०३:३२ बजे | 5
भक्तपुर, चैत्र २९ गते । नेपाल कर्मचारी समाज भनपा ९ वडा समितिको आयोजनमा भक्तपुर नगरपालिका वडा नं ९ वडाका कर्मचारीहरुबीच विस्का जात्रा तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा एक समारोह बीच मंगलबार च्याम्हासिंकमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले चुनाव विचार र सिद्धान्तको प्रतिस्पर्धा हो तर धेरै दलहरु गठबन्धन गरेर आआफ्नो पार्टीको विचार र सिद्धान्त छोडेर चुनावमा जानु भागबण्डा सरह हुने र प्रशासनको दुरुपयोग गरी धन र बलको प्रतिस्पर्धा गर्ने भएकोले प्रजातान्त्रीक पद्धतिको अवमुल्यन हुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका देश भर उदाहरणीय रुपमा प्रशंसा पाउनुमा कर्मचारीहरुको योगदान, इमान्दारीता, अनुशासित, दिनरात नभनिकन सेवा गर्ने भावनाले हो भन्नुभयो । उहाँले अपराधीलाई माया गरे जसरी एउटा छुचुन्द्रोले पाँच छ रोपनी जग्गामा धान रोप्न राखेको पानी प्वाल पारेर समाप्त गर्छ त्यसरी नै एक जना भ्रष्ट कर्मचारीलाई कार्यवाही गुर्न भनेको गोदामको कुहेको आलु निकाल्नु सरह हो नत्र गोदाम नै कुहाउने हुन्छ भन्नुभयो । उहाँले कर्मचारीहरु सोच भनेको आफ्नो व्यक्ति स्वार्थ अथवा बजेत भाषणमा तलब बढ्यो कि बढेन भने ध्यानमा रहने र पार्टी कार्यकर्ता भनेको देश र जनतको हितमा बजेत आयो कि आएन, आदर निकेटन छ कि छैन भने हेर्ने हुन्छ त्यसैले कार्मचारीहरुले कार्यकर्ताको रुपमा सोच्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरमा रहेका जनताको निम्ति शिक्षा स्वास्थ्यमा १० मिनेट भित्र सुविधा पाउने गरी निर्माण गरि रहेको र संसारको राम्रो नगर बनाउने सोचले काम गरिरहेको बताउनुभयो । उहाँले कर्मचारी भएर भन्दा सभ्य नागरिक भएर देशको निम्ति सोचले काम गर्दा भक्तपुर राम्रो भएको बताउनुभयो । कोरोनाले दुख कष्ट भोग्नु पर्ने ख्वप अस्पताल तयार गर्न त्यसले घचघच्याएको साथै अनलाइन कक्षाले जीवनलाई प्रविधिमैत्री बनाएको छ भन्नुभयो । उहाँले सजिलो काम खोज्नेले प्रगति गर्न नसक्ने बताउँदै गा¥हो काम कमैले मात्र छनौट गर्ने भएकोले गा¥हो काम गर्नेहरुले सजिलै उच्च ओहदा हासिल गर्ने उहाँले बताउनुभयो । भक्तपुर नगरपालिकाले समाजवादी दृष्टिकोणले काम गरेको बताउँदै निजि क्षेत्रले निर्धारण गर्ने भनेको पुँजिवाद भएकोले राम्रो कामको प्रचार ढिलो हुने र नराम्रो कामको प्रचार तुरुन्त फैलिने हुन्छ भन्नुभयो ।
कार्यक्रममा अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विस्केट जात्रा सभ्याताको परिचय भएकोले उच्छृखल गतिविधिले नकारात्मक सन्देश गईरहेको छ भन्नुभयो । उहाँले नेमकिपाले जनताबीच गरेका प्रतिवद्धताहरु नब्बे प्रतिशत पुरा गरेको प्रतिबद्धता वा घोषणापत्रमा नभएको थुप्रै कार्य गरेको बताउनभयो । उहाँले मतदातलाई सत्यतथ्य बुझाउनु पर्ने बताउँदै भ्रम फैलाएर जनता झुक्याउने काम बारे सजग बनाउनुपर्छ भन्नुभयो । उहाँले पैसा र पदको लोभ देखाएर पार्टीमा तान्ने, युवाहरुलाई गुडफ्राइडे भन्दै जाँड रक्सी खुवाएर विगार्ने कार्य प्रति सचेत हुनु पर्ने बताउँदै हामी बीच फुट ल्याएर झगडा समेत लगाउन सक्ने तर्फ सर्तक हुनुपर्ने बताउनुभयो । उहाँले युक्रेन युद्ध एमसिसि कै कारण भएको भन्दै त्यहाँका राष्ट्रपति जेलेन्स्की साम्राज्यवादी अमेरिकाले तयार गरी रुसबाट टुक्रा भएको कुनै पनि राष्ट्रमा नाटो नछिर्ने प्रतिवद्धता विरुद्ध युक्रेनलाई नाटोको सदस्य बनाउन खोज्दा त्यहाँ जनताले दुख भोग्नु पर्ने भएकोले एमसिसि नेपालमा भित्र्याएर विश्वमा उदयमान चीन विरुद्ध साम्राज्यवादी अमेरिकाले धेर्न आएकोले भोलि नेपालीले पनि युक्रेन जनताको अभिगत भोग्नु पर्ने र देशघाती भएकोले विरुोध गरेको बताउँदै चुनावमा देशघाटी एमसिसि पक्षघरलाई हराउन नयाँ पुस्ता तयार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल कर्मचारी समाज भनपा ९ का अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भनपा ९ सूर्यमढी समितिका उपाध्यक्ष काशीलाल प्रजापति, कर्मचारी विकास प्रजापति र हरिकृष्ण दुवालले पनि शुभकामना व्यक्त गर्नुभयो ।