सकियो केदारनाथ बचतको शुभकामना आदानप्रदान


चैत २९, २०७८, मङ्गलबार | विहान ०६:२१ बजे | 40


सकियो केदारनाथ बचतको शुभकामना आदानप्रदान

भक्तपुर, २९ चैत । केदारनाथ वचत तथा ऋण सहकारी संस्था लि.को शुभकमना तथा समिक्षा कार्यक्रम एक समारोहवीच संस्था कै सभाहलमा मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले नयाँ बर्ष २०७९ र विस्का जात्राको शुभकामना दिँदै दिर्घायु र सफलताको कामना गर्दै संस्था प्रगति वा अद्योगति तर्फ गई रहेको छ कि भनि नियालेर हेर्ने नै समिक्षा हो भन्नुभयो । उहाँले कुनै पनि संस्थको प्रगति र सुधार गर्नुपर्ने छुट्याई निष्पक्षता र गम्भिरतापूर्वक गरिने विवेचना वा समालोचना नै समिक्षा भएको शब्दकोषहरुमा व्याख्या गरेको छ भन्नुभयो । उहाँले वित्त क्षेत्रमा समिक्षा गर्ने एउटा एसडव्लूवटी अनालाइसिस अथवा सबल र दुर्वल पक्ष, अवसर र चुनौति पक्ष रहेको र सहकारी क्षेत्रमा समिक्षा गर्ने अचुक उपाय भनेको पल्र्स विश्लेषण नै हो भन्नुभयो । उहाँले सहकारीले बृद्धबृद्धाहरुको सेवाको लागि बृद्ध राहत कोष गरी बृद्धभत्ता जस्तै दिन सक्ने बताउँदै अहिलेसम्म भक्तपुरमा कसैले नगरेको नयाँ सुरुवात हुन सक्ने भएकोले यस तर्फ पनि सहकारीको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले मृतक राहत कोष संचालन गरे दुःखमा राहत हुने बताउनुभयो । उहाँले गरिवी, जेहेन्दार छात्रबृति जो पढ्नमा सक्षम र योग्य छ तर पैसाको अभावमा बञ्चित भएकाहरुलाई संचालन गर्ने तर्फ पनि ध्यान जानु पर्ने साथै शैक्षिक बेरोजगारको लागि लगानी पहिचान र व्यवसाय प्रर्वद्धनका साथै उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने नत्र अनुत्पादक क्षेत्र लगानी गरे देशमा आर्थिक संकत झेल्नुपर्ने हो कि भनि अहिले चर्चा परिचर्चा भई रहेको बताउनुभयो । उहाँले ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भने मूल नारा रहेको बताउँदै त्यसको निम्ति सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्नु पर्ने बताउनुभयो । उहाँले समुदायमा आधारीत सहकारीहरुले समुदायको निम्ति काम गर्नु पर्ने बताउँदै समुदायको निम्ति काम गरे सहकारी कर्मी सदस्यहरुको पनि व्यक्तित्व विकास हुने बताउनुभयो । मानिस चेतनशील प्राणि भएकोले देश जनताको निम्ति जीउने कि आफ्नो व्यक्तिगत स्वास्र्थको निम्ति जीउने जीवनको मुल्य बुझ्नु भनेको त्यस फरकालाई बुझ्नु हो भन्नुभयो । उहाँले को व्यक्ति कुन पार्टी असल छ भने कुरा सबैको मनमा हुने भएकोले त्यहि अनुसार चुनावमा गोप्य मतदान गरी असल इमान्दार मान्छलाई अगाडि ल्याउन अनुरोध गर्नुभयो । उहाँले अहिले देशको परिस्थितिले गर्दा मानिसहरु निशास हुँदै आत्माहत्यासम्म पुग्ने गरेको समाचारहरु आएकोले सहकारी जीवन जीउन कला सिकाई जीबन जीउन उत्साहित गरी देश जनताको निम्ति जीवन समर्पण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रबन्धक दयाराम तजलेले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै अनुमानित बजेतको लक्ष्य अनुसार संस्था प्रगतिमा गई रहेको बताउनुभयो । उहाँले संस्था पल्र्स विश्लेषण अनुसार पनि भाका नाघेको ऋण बाहेक राम्रो कार्य हुँदै आएकोले जिल्ला बचत संघले राम्रो व्यवस्थापकको रुपमा सम्मानित हुनु पाउनु सबै संचालक समिति, विभिन्न उपसमिति र सदस्यहरुको योगदान रहेको बताउनुभयो । उहाँले अझै पनि सबै साथ र सहयोग पाए अझ संस्था राम्रो बनाउँदै जाने बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष साजन कस्पाल, सचिव कृष्णराम चौगुठी, विपिन श्रेष्ठ, रबिना नागाले पनि समिक्षा र शुभकामना व्यक्त गर्नु भयो ।


Comments