समय साकोसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
चैत २५, २०७८, शुक्रबार | विहान १०:२७ बजे | 30
लक्ष्मी प्रसाद गाईजू
भक्तपुर, चैत्र २५ शुक्रबार । भक्तपुरको समय बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाका सदस्यहरुमा नववर्ष वि.सं. २०७९ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्याम सुन्दर बेकोजूले संस्थामा सदस्य भएका सम्पूर्ण सदस्यहरुलाई भित्तेपात्रो लिन आउन अनुरोध गरे । सहकारी विकासका लागि सञ्चालक समिति, उपसमिति, र सदस्यहरु सम्पूर्ण एक जूत भएर लाग्नुपर्ने उनले बताए । कार्यक्रममा समय साकोसका उपस्थित सम्पूर्ण सदस्यहरुमा शुभकामना आदान प्रदान गरेका थिए ।
उपाध्यक्ष चन्द« कृष्ण ग्वाछाले सदस्य सबैले आफू सदस्य रहेकै संस्थामा बचत तथा ऋणको कारोबार गर्नुपर्ने बताए । सदस्यहरुले संस्थामा भैइरहेको गतिबिधि बुझ्न संस्थामै आएर बुझ्नू पर्ने जरुरी रहेको उनले बताए ।
सचिव लक्ष्मी प्रसाद छुस्यावागले संस्थामा भएका नीतिगत कार्यान्वयन र गतिविधिकोबारे सदस्यहरुमा जानकारी हुनुपर्ने बताए । कोषध्यक्ष रामसुन्दर भैनात्वले आर्थिक गतिविधिकोबारेमा सदस्यहरुमा जानकारी गराएका थिए ।
लेखा सदस्य बिक्रम धुकुछुले संस्थाले सदस्यहरुको लागि राम्रो काम गरिरहेको बताए । संस्था राम्रो बनाउन अबका दिनमा सदस्य केन्दि«त कार्यक्रमहरु अगाडि लिएर आउन उनले सुझाब गरेका थिए ।
संस्थाको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो वितरण कार्यक्रममा लक्ष्मी प्रसाद गाईजु, कृष्ण प्रसाद दुवाल, पुनम जोशी र राम प्रसाद कवांले आफ्नो धारणा र शुभकामना दिएका थिए ।