स्थानीय चुनाव आयो !


चैत २४, २०७८, बिहीबार | विहान ११:३८ बजे | 115


स्थानीय चुनाव आयो !

रामकृष्ण प्रजापति


एक जोडी भेडाभेडी
गईरहेको थियो नगरकोटमा
बाटो धुलाम्मे र खाल्टाखुल्टी
मापदण्ड र पर्ती जग्गामा
अनियमित गोठहरु ।
अकस्मात् भेट भयो ब्वाँसो
गोठ जोगाउन
भईसकेको थियो धेरै ढिलो ।
बस्नको लागि थिएन कुनै गोठ
भेडाभेडी लरखरायो ।
ब्वाँसोले गोठ भत्काउला भनि
भेडाभडी डरायो ।
ब्वाँसो आयो एकदम अगाडि
भेडा गयो सुस्तरी सुस्तरी
भेडीलाई ढाडस दिन
डराएर सोध्यो भेडीले
ब्वाँसो !
के अनियमित गोठहरु भत्काउँछौं ?
ब्वाँसो हास्यो ,
उसले खुट्टा उठायो
आर्शिवाद दियो ।
भन्यो ः–
गर्व गर,
अनियमित गोठ
भत्काउनु पर्दैन
नक्सापासको लागि
झुटा रिपोर्ट बनाउनु ।
उत्सब मनाउनु !
प्रमाण छ तिम्रो सबै हिस्साहरु ।
आर्शिवाद दियो ब्वाँसोले,
अव बाटो खाल्डाखुल्डी हुँदैन
भाग्न बाटो बन्द हुँदैन
अनियमित गोठ नक्सापास
जीउनु हाँस्दै हाँस्दै
भेडाभेडीलाई नमस्कार !

यति भनेर ब्वाँसो गयो
भेडा चकित –
भेडी अच्चम
हामीलाई काँच्चै खाने
ब्वाँसोले केको लागि
यति दया गरेको !
अझै धोखा
भाग्नै नमिल्ने गरी
नगरकोट सडक धुलाम्मे र खाल्टाखुल्टी
घोषणापत्रमा गरेको प्रतिवद्धता
उही झुटा आश्वासन
उही गोलमाल
लाग्यो स्थानीय तहको
चुनाव आयो !

जंगलमा बखेडा
ब्वाँसोको दयालुपन
ब्वाँसोको विचार
सिंह विरुद्ध
चुनाव लड्ने इच्छा ।

बाघको खोल ओढेर
जंगलमा राज गर्ने सोच
भ्रष्टाचारको आहालमा
डुबुल्की मारेर
जो पनि स्वच्छ छबि !

चुनाव सिद्धान्त विचारको लडाईं
चुनावमा हारजित स्वभाविक
राजनीतिक नैतिकता इमान्दारीता
सबभन्दा ठूलो बल र शक्ति
तर,
घोषणापत्रको काम नभएकोमा
ब्वाँसो दुखेसो र आँसु झार्दे
जनताको घर दैलोमा
यही त हो गोहीको आँसु !

Comments