आफनै कथा ः मेरो फाटेको जुत्ता


चैत २३, २०७८, बुधबार | विहान ०७:४२ बजे | 30


आफनै कथा ः मेरो फाटेको जुत्ता

अनलि फोंजू
पुरानो जुत्ता फाटिसकेको थियो । फाटिए पनि लागाउन मज्जा आउथ्यो । मेरो फाटेको जत्ताबारे चियोचर्चासमेत भएको रहेछ । मलाई देखेर खानेखुशी पनि नगरेको पनि होइन । त्यसको हेर्न न फाटेको जत्ता भन्दै नहाँसेको पनि होइन । म आफुलाई फाटेको छ, थाहा छ । एक दिनसम्म ठिकै थियो । भोलिपल्ट निकै फाटेपछि चियोचर्चा सुरु भएको हो ।
मेरो फाटेको जुत्ता त्यो बेला मेरो बाध्यात्मक परिस्थितिसंगै हिडेको थियो । राष्टिय सम्मेलनको दौराहन थियो । कम समय घेरै काम सकाउनुपर्ने सम्मेलनमा दौरधुपमा मैले मेरो जुत्तामाथि त्यति खासै चोसो लगाएको थिएन । किनकि त्यस अलावा मसंग अर्काे जुत्ता थियो ।
सम्मेलनको दौरानमा लुगाफाटो पनि त्यतिकै कालो भइसकेको थियो । जसोतसो मिलाउदै हिडिरहेकै थिए । अति नै भयो भनेर घर पुगे फर्न भनी गएको सबै लुगा धोइराखेको रहेछ । त्यसपछि भयो आपत । भइगो नि त भन्दै त्यतिकै फेरि हिडे ।
सम्मेलनको बन्द शत्रको पहिलो दिन हामी रातको ११ बजेतिर एक जना साथीलाई उसको घर पु¥याउने बाहनामा घर गए । घरतिर पनि झमझम पनि परेरबाटो हिलाम्मे भइसकेको रहेछ । हिलाम्मे बाटो चिप्लिने बाइकले मेरो जुत्तामाथि हिलोको बर्ष भयो । आधा शरिर पुरै हिलामे भएर म घर पुगे । थकित अवस्थामा गएर सुतिहाले । भोलि पल्त विहानै हिडनु पर्ने भएकोले हिलो लागेको जुत्ता छाडेर पुरानो जुत्ता लगाएर हिडे । दिनभर यता यति हुँदा जुत्ता फाटेछ ।
अब फाटिसकेको जुत्तामाथि सौता हाल्ने अवस्था त्यति बेला थिएन । दुई दिन सम्म फातिसकेको जुत्ता लगाएर नै हिडे ।
यता परिस्थिति यस्तो थियो भने उता साथीहरुमाझ मेरो फाटेको जुत्ता माथि गन्ठन मन्थन सुरु भइरहेको रहेछ । मनमा त्यति सारो मलाई आपति थिएन जति साथीहरुले मेरो फाटेको जुत्ता माथिको चियो चर्चा गरेको थियो । किनकी फाटेको जुत्तालाई कसरी लगाएर हिडने भनेर २०६२ सालमा दैलेख जिल्ला भमणले याद गराउछ ।
२०६२ साल हामी कार्यक्रमै शिलसिलामा दैलेख भमणका लागि गएका थियौं । काठमाडौंबाट गाडी रिजव गरि दैलेखको तल्लो जुम्ला जाने बाटो सम्म गाडि जाने रहेछ । हामी दैलेखको खरखरे खोला नजिकै गाडि छोडेर हिडदै माथि पाहाड चडदै गयौं । कहिले माथि कहिले तल दिन भर हिडेर नै गयौं । विच बाटोमा मेरो जुत्ता फात्यो । दैलेखमा अब अर्काे जुत्ता किन्न सक्ने अवस्था नै थिएन । पुरै गाउँ घरमा बजार खोज्न पनि निकै टाढा लाग्नु पर्ने अवस्था थियो । म संग त्यहि फाटेको जुत्ता लगाउनु बहेक अर्काे विकल्प थिएन । हामी संगै हिडनु भएको नारायणदाई पनि संगै थियो । नारायणदाई निकै पल्त दैलेखमा आउनु भएको रहेछ । दाईहरुको परामर्षमा फाटेको जुत्तालाई टुनाले बाडेर हामी दिनभरको यात्रा गरेको थिए । हामो दैलेखको बसाईमा मैले उक्त फाटेको जुत्ता लगाएर नै तिन चार दिन विताए ।
त्यस कारण पनि मलाई फाटेको जुत्तामा कसैको चियो चर्चा गयो भन्दैमा मन खुम्च्याउने अवस्थामा म पुगेन । बस सहि समयमा तिमो जुत्ता फाटेछ मात्र भनिदिए पनि पुग्छ ।

Comments