आठ महिनादेखि नखुलेका शहरी सेवा केन्द्रका सटरमा महानगरका कर्मचारी र ठेकेदारको मिलेमतोमा ताला
चैत २१, २०७८, सोमबार | दिउँसो ०२:४६ बजे | 35
दिपेन्द्र श्रेष्ठ एविसीडी न्युज
काठमाडौं । आठ महिनादेखि नखुलेका शहरी सेवा केन्द्रका सटरमा महानगरका कर्मचारी र ठेकेदारको मिलेमतोमा बिना जानकारी सोमवार ताला लगाइएको छ ।
काठमाडौ महानगरपलिकाले रत्नपार्क, खुला मञ्चको दक्षिणतर्फ रहेको शहरी सेवा केन्द्र र वीर अस्पताल अगाडि रहेको शौचालयसहितका ३ वटा संरचनाहरुमा बोलकबोलमार्फत २०७३ सालमा दुई जना ठेकदारलाई सञ्चालन गर्न दिने सम्झौता गरेको थियो ।
खुलामञ्च दक्षिणतर्फको शहरी सेवा केन्द्र र वीर अस्पताल अगाडिको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै साउन १ गते काठमाडौं महानगरपालिकाले भत्काइसकेको छ । तर, रत्नपार्क तर्फको शहरी सेवा केन्द्रको सम्झौता साउन मसान्तमै सकिए पनि अहिलेसम्म खाली गराएको छैन । बिना सूचना बिना जानकारी महानगरका नगर प्रहरी र ठेकेदार आएर सोमबार त्यहाँ रहेका व्यवसायीहरुलाई खबर नगरिकन ताला लगाइएका थियो ।
रत्नपार्क तर्फको सो सेवा केन्द्र लाम्पनटार सिन्धुली स्थायी घर भएका माधवप्रसाद काफ्लेले मर्मत सम्भार गरी सञ्चालन गर्ने भनेर काठमाडौं महानगरपलिकासँग २०७३ साल भदौ १ गते करार सम्झौता गरेका थिए ।
सम्झौतामा सो सेवा केन्द्र नवीकरण नहुने भनेर स्पष्ट लेखिएको छ । करार सम्झौता सकिएको झण्डै आठ महिना भइसक्यो । बल्ल उक्त स्थानको अस्थाइ सटर खाली गरिएको छ भने भबन भित्र रहेका सटरहरु भदौ १ गते करार सम्झौता सकिएदेखि बन्द गरी व्यवसायीको सामान बन्धकमा राखिएको थियो । यस्तो अवस्थामा न व्यवसायीले सटर खोल्न सकेका थिए न महानगरपालिकाले सूचना निकालेर सटर खाली गराउन सकेका थिए ।
महानगरले जथाभावी फर्जी सूचना देखाएर व्यवसायी तर्साउने काम मात्र भइरहेको विशेष सुत्रले बताएका छन् । सुत्रका अनुसार शहरी सेवा केन्द्रको टेन्डर मिलेमतोमा पार्न नगरपालिकाका कर्मचारीहरु र ठेकेदारको मिलेमतोमा व्यवसायीका सामान बन्धकमा राखेर नगर प्रहरीको सहयोगमा फलामको सिक्री बाँधिएको छ ।
यो महानगरको नियम विपरीतको काम हो । सेवा केन्द्रको ठेक्का लगाएपनि सटरको व्यवसायीलाई सूचना सहित सामान निकाल्ने समय दिनुपर्ने एक व्यवसायी बताउँछन् । यो सबै नगरपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा खान भाडो बनाएको हो ।
यसरी भएको थियो शहरी सेवा केन्द्रहरु सञ्चालन सम्झौता
रत्नपार्कतर्फको शहरी सेवा केन्द्र सञ्चालनका लागि लम्पनटार सिन्धुली स्थायी घर भएका माधवप्रसाद काफ्लेले ४७ लाख रुपैयाँ तिर्ने गरी २०७३ भदौ १ गते ठेक्का सम्झौता गरेका थिए ।महानगरपालिका र ठेकदारबीच भएको सम्झौता अनुसार सम्झौता अवधि नवीकरण नहुने गरी ५ वर्षको तथा प्रत्येक वर्ष २ दशमलव ५ प्रतिशतका दरले बहाल रकममा वृद्धि हुने उल्लेख छ ।
महानगरका प्रशासकीय प्रमुख महेश काफ्लेका अनुसार सो सेवा केन्द्रको भवन सम्झौता सकिएको र अहिलेको अवस्थामा सो भवनका शौचालयहरु प्रयोग गर्न लायक नभएका कारण नयाँ प्रविधिमैत्री बनाउने या त्यसलाई नै निरन्तरता दिने भन्ने निर्णय भइनसकेकोे बताए ।
अब केही दिनभित्रै सो निर्णय महानगरले लिने उनले बताए । उनले राज्यको सम्पत्ति भत्काएर दुरुपयोग गर्नुभन्दा त्यसलाई नै निरन्तरता दिने कुरा मुख्य रहेको भन्दै पछिल्लो पटक नभत्काउने निर्णय गरेको बताए ।
ुसार्वजनिक मानिसहरुको सहजताका लागि सेवा केन्द्र खोलिएको हो । त्यतिखेर बनेका सटर व्यापारिक मनस्थिति हाबी भएका कारण व्यापारिक थलो बनाइयो । अहिले पाँच दश वर्ष पहिलेको कुरा कोट्याएर ठेक्का पाउँ भनेर केही समूहहरु लागेको अवस्था हो । त्यसरी मानसिक दरिद्रता बोकेर ठेक्का खोज्नुभन्दा प्रतिस्पर्धामा आउन आग्रह गर्छौं । केही ठेकेदारहरु ग्रान्ड डिजाइन गरी पुरानैलाई निरन्तरताको लागि लागिपरेका छन् । त्यसरी होइन नियम कानून अनुसार आउनुपर्छ । अहिले महानगरपालिकाले निर्णय गरिहालेको छैन,ु उनले भने, ‘नगरपालिकाले आधिकारिक निर्णय गरेर सूचना निकालेको छैन त्यहाँ भित्रकै दुई पक्षबीचको टिकडमका कारण त्यस्तो सूचना बाहिरिएको हुनसक्छ त्यस्तो भएको हो भने हाम्रो केही भन्नु छैन । केही समयअघि यस्तो भनेका काफ्लेले अहिले नगर प्रहरी लगाएर बिना सूचना नगर प्रहरी लगाएर व्यबसायीको सामान थुनेर ताला लगाउनु गलत रहेको नेपाल सडक व्यापार श्रमिक सघका केन्द्रीय अध्यक्ष तथा एकिकृत ट्रेडयुनियन महासंघ नेपालका केन्द्रीय सचिव कुमार सापकोटाले बताए ।