फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको भक्तपुरको ऐतिहासिक जात्रा बिस्का सम्बन्धि एकल फोटो प्रदर्शनी हुने
चैत २०, २०७८, आइतबार | विहान ०५:४२ बजे | 0
भक्तपुर ः राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको भक्तपुरको ऐतिहासिक प्रसिद्ध जात्रा बिस्का सम्बन्धि एकल फोटो प्रदर्शनी हुने भएका छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा मध्यपुर थिमी नगरपालिकाको सहयोगमा यहि चैत २२ देखि २४ गते सम्म ३ दिन भक्तपुरको प्रसिद्ध जात्रा बिस्का सम्बन्धि एकल फोटो प्रदर्शनी हुने भएको हो ।
भक्तपुरका प्रसिद्ध जात्रा बिस्कालाई भक्तपुरबासी र मध्यपुर थिमीबासीले फरक फरक शैलीमा जात्रा मनाउने गरिन्छ । फोटो पत्रकार श्रेष्ठले खिचेका ७० तश्विरमा मध्यपुर थिमीका स्थानीय बासिन्दाले मनाउने गरिएको बिस्का जात्रा सम्बन्धि फोटो प्रदर्शनी हुनेछ ।
पत्रकार श्रेष्ठका अनुसार विभिन्न जात्राहरू अहिले आएर लोप भएका पनि छन् । त्यस्ता जात्रा संस्कृतिहरू लोप हुन नदिनका लागि उनले शनिबार पत्रकार सम्मेलन गरी जात्रामा खिचिएका ७० वटा फोटो प्रदर्शनीमा राखिने जनाइएको हो ।
भक्तपुरको बिस्का जात्रा मध्य मध्यपुर थिमीमा मनाइने सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा प्रमुख मानिन्छ ।