आहा डि ग्रायनमा क्याफे
चैत १९, २०७८, शनिबार | दिउँसो ०३:५६ बजे | 10
कुमार लघु
डि ग्रायनमा क्याफे भक्तपुरको सूर्यविनायक नजिक शहरमा रहेको छ । गपलीमा दक्षिणपट्टी रहेको उत्तरतिर फर्केको डि क्या हेर्दा सिम्पल छ । यो क्याफेको विषेशता ग्राहाकको सन्तुष्टि दिलाउनु रहेको छ । हेर्दा सिम्पल सस्तो आकर्षक खुल्ला सरर हावाको स्पर्सको चाहाना गर्नेहरूको घुईचो लागिरहेको हुन्छ । गोर्खा घर भए नि लक्ष्मी गोतामे बहिनीले काम गर्ने महिला दुई र युबक १ राखेर निकै रफतारमा चलाएको देखिन्छ । त्यो रेष्टुरेन्टमा एकपटक र वाम्वार गएर त्यहाँवाट आफूले पनि केही सुविधा लिन र सिक्न पाइन्छ ।
त्यो रेष्टुरेन्ट चलाउन श्याम कार्की सरको घर चरिकोट भएर पनि बहिनीको पसलको वाताबरण आकर्षक बनाउन दैनिक समय उहाँले दिइरहनु भएको छ । विगत दुई तीनवर्षदेखि रेष्टुरेन्ट चलाइरहेको व्यवस्थापक श्याम कार्कीसरले बताउनुभएको छ ।
श्याम कार्की सर पाहुनाको सत्कार गर्न माहिर हुनुहुन्छ । उहाँसितको कुराको छनकमा लिकमा गएपछि जसरी माछाले बल्छीलाई टिपे जस्तै ग्राहाकलाई लपक पारिहाल्नु हुन्छ । लक्ष्मी गोतामे काउन्टरमा वसेर सरल सुविधा दिइरहेको देखिनुहुन्छ । लक्षमी गोतामेसित पनि जसरी हावा विना मानिस बाँच्नलाई गाह्रो भए जस्तै चिसो हावाले ज्यान चिसो गर्मीमा खानाको स्वादिष्ट बनाए झै आपसी मिलोमतोको वातावरणमा आ आफ्नो सिपले निरन्तर बेकरी रेष्टुरेन्टलाई टेवा पु–याई रहेको छ ।
रेष्टुरेन्टमा विभिन्न परिकारको निम्न खानाहरू पाइन्छ । बेकरी चाऊमिन ,मः मः कफी, चिया , आईसक्रीम र तपाईको खानामा के आवश्यक छ त्यो खानाको वन्दोवस्त हुन्छ ।
लक्ष्मी गोतामे र श्याम कार्की सरले काम गर्ने सहयोगीहरूलाई सहयोग गर्न विचारेका छन् । मानव भएर कामको परिश्रम अनुसार दुई चार सय काम गर्नेले पनि पाउनुपर्छ भने धारणा राखेको पाए । हेर्नुस कति माहान सोच काम पनि सिकाउदै र रोजगार दिन्दै सिप सिक्ने अवसर प्रदान गर्न उत्साहित छन् । पसल खोल्नु आफ्नै ठाउँमा छ , निरन्तरमा दिन गाह्रो छ । आजकल सबै चिजबिजको भाऊ महँगो छ तै पनि ग्रायनमा रेष्टुरेन्ट एण्ड बेकरीमा उहाँहरूले सस्तो र उपयुक्त खाना ख्वाई राख्नुभएको छ । व्यवस्था राम्रो मिठो बोली वचन सनौसुनौ लाग्ने बिहान चिया कफी र बेकरीको साथमा मज्जा लिन सक्नुहुन्छ । आउनुस् हरेक बिहान ।
दिउँसो आफ्नो चाहाना अनुसार चाऊचाऊ मःमः र सफट ड्ङ्किस् बेकरी आदी । साँझ वेलुका मःमः चाऊमिन खानाहरूको मेसोमालाम लागिरहेको हुन्छ । आवश्यकता अनुसार हार्ड ड्ङ्क्सिको वन्दोवस्त छ । खुल्ला जग्गाको मेच टेवल र भित्री आँगनमा चारैतिर रूख विरूवा हरियो वातावरणले सजिएको एकपटक मात्र होइन वारम्वार गएर आनन्दपूर्वक वस्न योग्य डि क्याफे एण्ड बेकरी रेष्टुरेन्ट गपलीको बाराही जाने पश्चिम फर्केको वाटोमा उत्तर फर्केको छ । भविष्यमा म्यूजिकको पनि वन्दोवस्त गर्ने इच्छा रहेको पाए ।
अन्तमा सम्पूर्ण ग्राहाकहरूलाई नयाँ वर्षको आगमनमा र नयाँ वर्षमा भिजिट गर्नलाई उहाँहरूले सबै नेपाली दाजुभाइहरूलाई शुभकामना । स्वागत गर्न तमतयारीमा वस्नु भएको पाइयो । घरमा लिन पायकिङ्गको व्यवस्था गरेको छ । अवश्य पाल्न हुन अनुरोध र हार्दिक स्वागत छ । धन्यवाद