सकियो नि शुल्क आखा जाच शिविर


चैत १९, २०७८, शनिबार | दिउँसो ०३:३६ बजे | 60


सकियो नि शुल्क आखा जाच शिविर

रजनी सचेतना नेपाल फाउन्डेसनको आयोजनामा १ दिने नि शुल्क आखा जाच शिविर काठमाडौंको टोखा नगरपालिका वाड न ९ मा रेहेको कामना माध्यमिक बिधालयको प्राङ्गणमा सम्पन्न भएको छ । स्थानिय जेष्ठ नागरिकबाट आखाको परिक्षण गर्दै शिविरको उदघाटन गराएका थिए भने पुर्व स्वास्थ्य सचिब तथा वरिष्ठ छाती रोग बिशेषज्ञ डा दीर्घ सिह बमको प्रमुख आतिथ्यमा समापन भएको थियो । करिब ११४३ जनाले उक्त शिविरमा आएर आफ्नो आखा परिक्षण गराएका थिए भने ३२४ जनाले आखाको शल्यक्रिया गराएका  थिए । साथै आखा परिक्षण पछि ६७६ जनालाई चस्मा र ६८९ जनालाई औषधि बितरण गरेको थियो । टोखा नगरपालिकाभित्र रहेका  स्थानिय नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै यो शिविर सन्चालन गरेको थियो । फाउन्डेसनले बिगतका दिनहरुमा पनि सामाजिक कार्यहरु गर्दै आएको र आगामि दिनमा पनि देशैभर कामहरु गर्दै जाने र आजको यस शिविर पनि स्थानियस्तरमा रहेका बिभिन्न सघसस्थाको सहकार्य र उपस्थितिमा सम्पन्न गर्न सफल भएको फाउन्डेसनकी अध्यक्ष रजनी थापाले बताउनु भयो ।

Comments