छात्रतर्फ कुवँर र छात्रातर्फ मधुकर्मीधले जिते प्रथम पुरस्कार
चैत १९, २०७८, शनिबार | विहान ११:४६ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिका १० नं वडा कार्यालय र १० नं वडा खेलकुद समितिको संयुक्त आयोजनमा नगर व्यापी विद्यालय स्तरीय ३ कि.मी. सम्पदा दौड प्रतियोगिता उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक समारोह बीच क्वाठण्डौंमा सम्पन्न भयो ।
सम्पदा दौड प्रतियोगितामा छात्रा तर्फ ख्वप मा.बिका उर्जा मधुकर्मीले १२ः२८ मिनेटमा ३ कि.मीं दौड पुरा गरी प्रथम भयो भने ख्वप मा.बि.का रेस्तिना सितिखुले १३ः०८ मिनेटमा पार गरी दोश्रो भयो । त्यस्तै जेसिस् मा.बि.का क्याट्रिना बासुकला १४ः१९ मिनेटमा पार गरी तेश्रो भयो भने जेसिस्कै ब्रिटिशा सिल्पकार चौथो र गणेश मा.बि.का निशा भुलान पाँचौं भएको थियो । छात्रा तर्फ प्रतियोगितामा ११ विद्यालयका ३१ सहभागी थियो ।
[[img2]]
त्यस्तै छात्र तर्फ गणेश मा.बि.का विश्वराम कुवँरले ९ः४२ मिनेटमा ३ कि.मी सम्पदा दौड पुरा गरी प्रथम भयो भने दोश्रो बागिश्वरी मा.बि.का ईवश्श बस्नेतले ९ः५८ मिनेटमा पार गरी दोश्रो र बागिश्वरी माबिकै अभिराज राई १०ः३५ मिनेटमा पार गरी तेश्रो र शारदा माबिका नविन गुरुङ्ग चौथो निकोल्सन मा.बि.का सुजन विक पाँचौं स्थान हासिल गर्न सफल भएको थियो भने १८ विद्यालयका ६० जना सहभागी रहेको थियो । उक्त कार्यक्रममा सहभागी र विजय हुन सफल विद्यार्थीहरुलाई प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगद, शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले प्रमुख अतिथि भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले घोषणापत्र अनुसार काम गरेर जनताको सेवा गरेको बताउनु भयो । उहाँले सम्पदा दौडले सम्पदाहरुको बारेमा विद्यालयका विद्यार्थी भई बहिनीहरुलाई जानकारी प्राप्त हुनुका साथै सम्पदा संरक्षण र पुनःनिर्माणमा टेवा पुग्ने बताउनुभयो । त्यस्तै उहाँले प्रतियोगितामा सहभागी सबैले पुरस्कृत हुन नसकेपनि पछिको लागि अनुभब र ज्ञान हासिल हुने बताउनु भयो । कार्यक्रमा वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखा, पूर्व उप प्रमुख चैत्यराज शाक्य, पूर्व वडाध्यक्ष चन्द्र बहादुर उलकले पनि बोल्नुभएको थियो भने १० नं वडा खेलकुद समितिका अध्यक्ष दिलिप नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा एथलेटिक्स संघका मोहन आर्चाय, अन्तराष्ट्रिय खेलाडी कान्छीमाया कोजु पनि सहभागी रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...