ख्वपले गरयो फुटसल प्रतियोगिता


चैत १८, २०७८, शुक्रबार | साँझ ०५:०४ बजे | 5


ख्वपले गरयो फुटसल प्रतियोगिता

सरिना गोसाई
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरले शुक्रबार ख्वप फुटसल प्रतीयोगिता गरेको छ । प्रतियगिता बीवीएमका विद्यार्थीहरुका लागि आयोजन गरिएको हो ।
प्रतियगितामा २४ छात्र र ३८ जना छात्रा सहभागी भएको जनाइएको छ । प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूको शैक्षिक यात्रामा अतिरिक्त क्रियाकलाप समायोजन गरी विद्यार्थीहरुलाई पढाइप्रति प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ । साथै यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुबीच मेलमिलापको भावना बढाई उनीहरूको मस्तिष्क रिफेर्स गर्नु रहेको कलेजको भनाई रहेको छ ।

Comments