सकियो ओलम्पिक डे २०२२ को योजना प्रस्तुतिकरण कार्यक्रम


चैत १७, २०७८, बिहीबार | विहान १०:५१ बजे | 25


सकियो ओलम्पिक डे २०२२ को योजना प्रस्तुतिकरण कार्यक्रम

भक्तपुर । नेपाल ओलम्पिक कमिटी, स्पोर्ट फर अल कमिसन बाग्मती प्रदेश तथा भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ओलम्पिक डे २०२२ को अवसरमा देशव्यापी रुपमा गरिने विभिन्न खेलकूद कार्यक्रमहरुको योजना प्रस्तुत गर्न एक बृहत भेलाको आयोजना गरियो । उक्त भेलामा सातै प्रदेशका स्पोर्ट फर अल कमिसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खेलकूद परिषदका सदस्य सचिव श्री कुलबहादुर थापाले पानसमा दियो बालेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो र सोही अवरमा बोल्दै प्रमुख अतिथि श्री थापाले मानिसले आफ्नो जीवनमा उचाई छुने लक्ष लिनु पर्दछ भन्दै खेलकूदको माध्यमबाट सकारात्मक सोचको विकास गरी राष्ट्र«को लागि पारंगत जनशक्ति तयार गर्न र भावी सन्ततीले राष्ट्र«को निम्ती योगदान दिन सकोस् भनी खेलकूदको विकास गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
सोही अवसरमा स्पोर्ट फर अल कमिसनका केन्द्रीय अध्यक्ष श्री विष्णु गोपाल श्रेष्ठले खेलकूदको माध्यमबाट सकारात्मक भावनाको प्रष्फुटन गराउन सकिन्छ भन्दै ओलम्पिक डे २०२२ को अवसरमा देशव्यापीरुपमा करिब २५०० कार्यक्रमहरु आयोजना गरिने र उक्त कार्यक्रमहरुमा २००,००० मानिसको सहभागिता गराउने लक्ष्य लिएको बताउनु भयो । वहाँले यति ठूलो अभियानको परिकल्पना गर्न देशभरका खेलाडीहरुबाट प्राप्त हौसला, आँट, जोश र जाँगरले गर्दा हो भन्नु भयो । कार्यक्रम अन्तरगत देशका विभिन्न भागका स्कूल, क्लब र समूहहरुमा आन्तरिक प्रतियोगिताको आयोजना गरी सम्पन्न गरिने योजना रहेको सुनाउँदै सकारात्मक सोच, रचनात्मक विचार र निश्चित अवधारणा भएमा एकता र विकासमा मद्दत मिल्ने बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले सातै प्रदेशका खेलसित सम्बन्धित महारथीहरुलाई भक्तपुरमा स्वागत गर्न पाउँदा एकदम खुशी लागेको बताउँदै आफूले पनि धेरै लामो समय तेक्वाण्डो खेल खेलेको अनुभव सुनाउनु भयो । उद्योग वाणिज्य संघले उद्योग व्यवसाय र समाजसेवा मात्र नभई अवका दिनहरुमा खेलाडीहरु उत्पादन गर्न पनि सहयोग गर्ने उद्देश्यले यस कार्यक्रमको सह आयोजना गरेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । संघ अन्तर्गत खेलकूद उप समिति पनि गठन गरिएको र सोही उप समिति मार्फत निकट भविष्यमा एउटा ठूलो खेलकूद प्रतियोगिताको आयोजना गर्ने लक्ष रहेको सुनाउनु भयो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै स्पोर्ट फर अल कमिसन बाग्मती प्रदेशका अध्यक्ष श्री ज्ञानेन्द्र श्रेष्ठले सबैका लािग खेलकूद, खेलकूद स्वास्थ्यको लागि, र खेलकूद राष्ट्र«का लागि भन्ने जनचेतना जगाउन स्पोर्ट फर अल कमिसनले बृहत कार्यक्रमको आयोजना गर्न लागेको बताउनु भयो । सथै राष्ट्रि«य तथा अन्तरराष्ट्रि«य स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न खेलकूद प्रतियोगिताहरुको आयोजना गर्न लागेको पनि जानकारी गराउनु भयो ।
सो कार्यक्रममा स्पोर्ट फर अल कमिसन नेपालका उपाध्यक्ष श्री राजेन्द्र बहादुर श्रेष्ठ, स्पोर्ट फर अल कमिसनको प्रदेशका अध्यक्षहरु श्री भोजराज सिटौला प्रदेश १,  श्री बजरंग साह मधेश प्रदेश, श्री खड्ग रानाभाट गण्डकी प्रदेश, श्री वि एम सञ्जेल कर्णाली प्रदेश, श्री डम्बर दत्त भट्ट, त्यस्तै बाग्मती प्रदेशका सदस्य श्री गौतम सुजखुले पनि कार्यक्रम बारे बोल्नु भएको थियो ।  


Comments