शिक्षक पेसाबाट राजिनामा गरेर यो कृषि पेसा
चैत १६, २०७८, बुधबार | विहान ०५:५३ बजे | 50
सिन्धुपाल्चोक । हेलम्बु एग्रो फारम एण्ड रिसर्च सेन्टर प्रा लि ले कृषी व्यबसायलाई अगाडि बढाएको छ । फारमका संचालक प्रताप लामाले फारमले दिगो लक्ष्य र उद्देश्य अनुसार सिताके च्याउ उत्पादन, भैंसी पालन, नर्सरी, ३ वटा उद्यस्यको साथ काम भैरहेको र हाल ५५०० मुडामा च्याउ उत्पादन गरिरहेको र च्याउ उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भएकोले फारमले यो व्यवसायलाई अझ थप टनेलहरु भैरहेको बताए । पसुपालन पनि गर्ने उद्यस्यको साथ हाल फारम ले ५ वटा उन्नत जातको भैंसी पालन पनि सुरु गरेको कुरा उहाँंले बताउनुभयो भने बिरुवा उत्पादन नर्सरी स्थापना गरी किवि कागती सुन्तला वोखरको बिरुवा उत्पादन गरी फारमले बिक्री गरिरहेको छ । यो ठाउको भौगोलिक बाताबरण अनुसारको कृषी व्यबसाय राम्रो आय आर्जन हुने हुदा शिक्षक पेसाबाट राजिनामा गरेर यो कृषी पेसालाई आङालेको कुरा फारम सन्चालक प्रताप लामाले बताउनुभयो । हाल यो फारमले १८ वोटा टनेल १ गृन हाउस र १ कोल्ड स्टोर निर्माण गरेको छ । युबाहरुले बिदेशी भुमिमा पैसा कामाउन जानुभन्दा आफनै देशमा बसेर कृषी व्यबसायलाई प्रोत्साहन दिने हो भने राम्रो आम्दानी यही गर्न सकिने कुरा उहाँंले बताउनुभयो ।