सल्लाघारी सृजनानगरमा बजार अनुगमन
चैत १६, २०७८, बुधबार | विहान ०५:१० बजे | 80
भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारी सृजनानगरमा १२ वटा खाद्य पसल अनुगमन गरियो ।
बस्नेट खाद्यान्न स्टोरमा मुल्य सुचि राख्ने, म्याद नाघेको डाईजेस्टिभ विस्कुट ५ पाकेट, बटर कुकिज विस्कुट ३ पाकेट, २०२० विस्कुट १ पाकेट जफत गरी नष्ट गरियो ।
रामलक्ष्मण किराना पसल मुल्य सुचि राख्न, म्याद नाघेको जम्बो कोक ४ वटा, एक लिटरको १ वटा, हाप लिटरको ४ वटा, जम्बो फाण्टा १ वटा, एक लिटरको ३ वटा र हाप लिटरको १० वटा, जम्बो ड्यू ३ वटा, हाप लिटरको ३ वटा, जम्बो स्प्राइट १ वटा, एक लिटरको ४ वटा जफत गरी नष्ट गरियो ।
रेखा स्टोरमा तराजु नापतौल विभागमा नविकरण गर्ने, म्याद नाघेको बिएमसि करी पाउडर ६ पाकेट जफत गरी नष्ट गरियो । हनुमन्ते टे«डर्समा टप सिन्की चाउचाउ १० पाकेट, दोस्ती चाउचाउ २० पाकेट, जम्बो ड्यू १ वटा, स्प्राइट हाप लिटरको १ वटा नष्ट गरी पसलमा दर्ता प्रमाणपत्र नदेखाएकोले दर्ता भए प्रमाणपत्र लिई तिन दिन भित्र कार्यालयमा हाजिर हुन र प्रमाणपत्र सबैले देखिने गरी राख्न दर्ता नभए दर्ता गर्न निर्देशन दियो ।
सूर्मा स्टोर दर्ता प्रमाणपत्र नदेखाएकोले दर्ता भए प्रमाणपत्र लिई तिन दिन भित्र कार्यालयमा हाजिर हुन र प्रमाणपत्र सबैले देखिने गरी राख्न दर्ता नभए दर्ता गर्न निर्देशन दिई हाप लिटरको ड्यू १ वटा र स्प्राइट हाप लिटरको १ वटा जफत गरी नष्ट गरियो ।
हाम्रो खाद्य स्टोर नविकरण गर्न र ढक तराजु नविकरण गर्न, म्याद नाघेको सामान छुट्टै राख्ने र म्याद नाघेको सामानहरु फेमिली तेल हाप लिटरको ४६ पाकेट र एक लिटरको ६ पाकेट, धुलो खुर्सानी ३ पाकेट, नटराज दालमोठ ५ पाकेट, कुरकुरे ८ पाकेट, ड्यू हाप लिटरको १ वटा, एभरिडे दुघ चार सय ग्रामको ४ पाकेट, कोकाकोला एकसय पच्चहत्तर मिलिलिटरको ४८ वटा जफत गरी नष्ट गरियो । सरिता लामाको किराना पसल तीन दिन भित्र दर्ता गर्न, ढक तराजु नविकरण गर्न, म्याद नाघेको सामानहरु नराख्न निर्देशन दियो । दक्षिणी व्युटि पार्लर तीन दिन भित्र दर्ता गर्न र म्याद नाघेको सामान नराख्न निर्देशन दियो । आमाको खाजा घर र सुकमाया तामाड्डको किराना पसल दर्ता नभएकोले त्यही दर्ता गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरु हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जन खाइतु, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजेश त्वानाबासू, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“को सहभागी थियो ।