परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र भिंmगटीको अनुदान वितरण
चैत १५, २०७८, मङ्गलबार | दिउँसो ०१:३३ बजे | 5
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यमा भनपाको आयोजनामा भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले २६ जनालाई कूल ७९ लाख ८३ हजार ९२५ रुपैंया अनुदान वितरण गरेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विजुक्छेंले नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्पm उन्मूख हुँदै गएको उल्लेख गर्नुभयो ।
पुराना घरको संरचनाहरुमा प्राविधिक र वैज्ञानिक आधार रहेको बताउनुहुँदै परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण हामी सबैको जिम्मेवारी हो भन्नुहुँदै पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरको कला संस्कृति, सम्पदा संरक्षण लगायत समग्र विकासमा अगाडि बढ्न नगरबासी र नगरपालिकाले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड २०६०, तेस्रो संसोधन अनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर तथा भवन निर्माण गर्न नगरबासीहरुको प्रोत्साहन स्वरुप घर तथा भवन निर्माण गर्ने क्रममा मोहडा तर्पm प्रयोग हुने काठ, ईटा र झिंगटी खरिदको लागि भक्तपुर नगरपालिकाले दिने अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार आ.व. २०७५÷७६ देखि मापदण्ड अनुरुप घर निर्माण गर्ने नगरबासीहरुलाई लागेको खर्चमा ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले नेमकिपाका श्रद्धेय अध्यक्ष विजुक्छेंद्वारा लिखित “१०० वर्ष पछिको भक्तपुर”मा उल्लेख भए अनुसार १०० वर्ष पछिको भक्तपुरको परिकल्पना अनुरुप भक्तपुर नगरपालिकाले पुराना शैलीका घर निर्माणमा अनुदान दिंदै नगर प्रवेश गर्ने ७ वटा पुलहरु निर्माण गरिरहेको बताउनुहुँदै युवाहरुलाई भाषा प्रशिक्षण लगायतका कार्यलाई जोड दिइरहेको बताउनुभयो ।
विभिन्न नगरपालिकाबाट अवलोकन भ्रमणका क्रममा भक्तपुर आउने जनप्रतिनिधिहरुले भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरिरहेको कार्यलाई अनुकरणीय रहेको र आ–आप्mनो स्थानीय तहमा लागू गर्ने विचार व्यक्त गरेको स्मरण गर्नुहुँदै प्रमुख प्रजापतिले भनपा देशभरकै स्थानीय तहहरुका लागि नमूनाको रुपमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरको सौन्दर्यकरणको लागि जनप्रतिनिधिहरु र जनताको एकता अपरिहार्य रहेको चर्चा गर्नुहुँदै मौलिकताको पहिचान परम्परागतका साथसाथै वैज्ञानिकता पनि रहेको चर्चा गर्नुभयो ।
उहाँले प्रजग कोरिया र जनवादी गणतन्त्र चीनमा रहेका सम्पदाहरुको चर्चा गर्नुहुँदै ती सहरहरुले सम्पदा संरक्षणमा गरिरहेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले भूकम्प अघि र पछि क्षति भएका नगरभित्रका ११८ भन्दा बढी सम्पदाहरु पुनःनिर्माण र संरक्षण गरेको उल्लेख गर्नुहुँदै भनपाले गरिरहेको नक्सापास सम्बन्धी व्यवस्था र भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी प्रगति विवरण सम्बन्धी जानकारी दिनुभयो ।
कार्यक्रममा दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका कार्यालय प्रमुख अरुणा नकर्मीले विश्व सम्पदा क्षेत्रमा परेका सम्दा क्षेत्रमा भवनहरु पराम्परात हुनुपर्नेमा जोड दिनुहुँदै परम्परागत शैलीका घर निर्माणका फाइदाहरुको बारेमा चर्चा गर्नुभयो भने भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।