जुनियर फुटसल ः इडेन विजेता, आरक्षण फस्ट रनरअप


चैत १५, २०७८, मङ्गलबार | दिउँसो ०१:११ बजे | 20


जुनियर फुटसल ः इडेन विजेता, आरक्षण फस्ट रनरअप

भक्तपुरः नेशनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयहरुबीच अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगितामा आरक्षण नेशनल एकेडेमीलाई २–० गोलले पराजित गर्दै इडेन गार्डेन स्कुल विजेता भएको छ ।
चैत्र १४ र १५ गते सम्पन्न भएको उक्त फुटसल प्रतियोगितामा फस्ट रनरअप आरक्षण नेशनल एकेडेमी, सेकेन्ड रनरअप क्वालिटी र एसएस सदन स्कुल र मदल्याण्डले फेयर प्ले टिम उपाधि हात पार्न सफल भएको छ ! साथै उत्कृष्ट खेलाडीमा आरक्षण नेशनल एकेडेमीका आर्यन बुढाथोकी र उत्कृष्ट गोल रक्षकमा क्वालिटी स्कुलका सुमन तामागं हात पारेका छन् । नेशनल प्याव्सन भक्तपुरमा रहेका सदस्य विद्यालहरुको कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रहरु सहभागी गराई जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिता सम्पन्न गरेको जानकारी कार्यक्रम संयोजक सुमन शिल्पकारले दिनु भयो !
प्रतियोगिताको समापन एवं पुरस्कार वितरण समारोह प्रमुख अतिथि नेशनल प्याव्सनका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमालद्वारा विजेता खेल समूहलाई शिल्ड तथा प्रमाणपत्र र नेशनल प्याव्सनका भक्तपुरका अध्यक्ष संजय खड्काले मेडल वितरण गर्नु भएको थियो ।
प्रमुख अतिथि हमालले नेशनल प्याव्सन भक्तपुरको एकिकृत टिमले गरेको विविध कार्यक्रमबाट देशैभरका जिल्लाले पनि सिक्नु पर्ने बताउँदै खुलेर प्रसंशा गर्नु भयो । कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष बिक्रम ढुकुछु, केन्द्रीय सदस्य जीबी खड्का, बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां लगाएतको उपस्थिति रहेको थियो ।

Comments