इन्धन खपत घटाउन आइतबार पनि विदा दिन आयल निगमको माग


चैत १५, २०७८, मङ्गलबार | विहान ०९:४६ बजे | 45


इन्धन खपत घटाउन आइतबार पनि विदा दिन आयल निगमको माग

नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा हुनुपर्ने माग गरेको छ। निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई पत्र लेख्दै आइतबार पनि सार्वजनिक विदा दिनुपर्ने माग गरेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले थप एक दिन सार्वजनिक बिदा दिएपछि सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घट्ने र  इन्धनको खपत कम हुने जनाएको छ।
त्यस्तै निगमले अत्यावश्यक बाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि प्रस्ताव गरेको छ। जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमले पत्रमा उल्लेख गरेको छ।
इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमले माग गरेको छ।


Comments