चुनाब


चैत १५, २०७८, मङ्गलबार | विहान ०६:०२ बजे | 10


चुनाब

रामकृष्ण प्रजापति
ईमान्दारीताको रंग चढ्दैनन्
स्वार्थमा डुबेका अन्धोहरुमा
चुनावको असर पर्देन
जनता झुक्याउने भ्रष्ट नेताहरुमा

त्यसैले चुनावको शोक छैन
चेतनास्तर नाप्न चुनावमा
तैपनि धोकेबाजलाई हराउन
अमुल्य मतदान गरौं चुनावमा

ध्वकेबाजहरु नदेख्नु
लाखौं हजारौंमा
बाचा–प्रतिवद्धता भुल्ने
आफ्नो जनतामा

खोई घोषणपत्रहरु देख्दैनन्
जुन बाचा–प्रतिवद्धताहरुमा
पुरा गर्न खोज्दैनन्
प्रयोग हुन्छ जनता झुक्याउनमा

मिल्नुपर्छ अब हामी
आगो बल्छौं पानीमा
नानीदेखि लागेको बानी
कहिल्यै सुध्रेन नेतामा

आशा बदल्नु पर्छ
मागेर होइन संघर्ष गरेर
अधिकार लिनु पर्छ
धोकेबाजहरुलाई परास्त गरेर

नेता होइन समाजसेवक चुनौं
जसले तपाईंको सुन्छ तपाईं उसको सुन्नु
जिम्मेवार नागरिक बनौं
समाजको लागि बोल्नु समाजको लागि सुन्नु

जसले समाजको भलो सोच्छ
उसले स्वाधिनता बचाउँछ
जसको सोच बृहत हुन्छ
उसले सार्वभौमिकता जोगाउँछ

एमसिसिलाई पराष्ट गरे चुनावमा
देशघाटीलाई दिन्छ चोट
भोट नदिनु लोभ लालच र पैसामा
नत्र उल्टै तिमीलाई दिन्छ चोट
धन्यवाद



Comments