भोलि भक्तपुरमा तेक्वाण्डो प्रतियोगिता हुने
चैत १४, २०७८, सोमबार | दिउँसो ०३:३२ बजे | 0
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा मंगलबार भक्तपुरको गोल्मढीमा भक्तपुर कप तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । भक्तपुर युवा टिमको व्यवस्थापनमा हुने प्रतियोगिता भक्तपुरको नवीन आधारभूत विद्यालय यातामा हुनेछ । प्रतियोगिता विहानदेखि बुलुकीसम्म दिनभर हुने जनाइएको छ ।
प्रतियोगिताका उदघाटन भक्तपुर नगरपालिका वडा नं ७ का वडाअध्यक्ष उकेश कवांले गर्ने कार्यक्रम तय गरिएको छ । समापन तथा पुरस्कार वितरण भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट साँंझ गराउने कार्यक्रम तय गरिएको छ ।
प्रतियोगितामा विभिन्न उमेर समूहमा महिला पुरुष तौल समूहको हुने भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए । प्रतियोगिताका सवै उत्कृष्ट टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले जनाए । प्रतियोगिता अन्तर्गत सोमबार तौल मापन कार्यक्रम सकिएको छ ।