भक्तपुरमा जुनियर फुटसल प्रतियोगिता सुरु
चैत १४, २०७८, सोमबार | दिउँसो ०१:५७ बजे | 0
भक्तपुर ः नेशनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयहरुबीच अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिता आयोजना गरेको छ । चैत्र १४ र १५ गते सम्पन्न हुने उक्त फुटसल प्रतियोगिताको आज लिग चरणका खेल सम्पन्न भएको छ ।
नेशनल प्याव्सन भक्तपुरमा रहेका सदस्य विद्यालहरुको कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रहरु सहभागी गराई जुनियर फुटसल प्रतियोगिता आज नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बल हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो ।
आज सम्पन्न लिग चरणको खेलबाट आठ स्कुलका खेल समूहहरु क्वाटर फाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा प्रवेश गर्ने स्कुलहरुमा समूह ‘ए’ बाट आरक्षण नेशनल एकेडेमी र मदरल्याण्ड स्कुल, समूह ‘बी’ बाट क्वालिटी स्कुल र पारागन एकेडेमी, समूह ‘सी’ बाट एसएस सदन र युनिटी स्कुल त्यसै गरी समूह ‘डी’ बाट इडेन गार्डेन स्कुल र ग्लीटर फ्युचर स्कुल रहेका छन् । छनौट भएका स्कुलहरुले भोली चैत्र १५ गते नै क्वाटरफाइनल, सेमिफाइनल र फाइन खेल हुने जानकारी कार्यक्रम संयोजक सुमन शिल्पकारले दिनु भयो !
सदस्य विद्यालयहरुको लागि विविध कार्यक्रम गर्दै आएको नेशनल प्याव्सन भक्तपुरले सो जुनियर फुटसल प्रतियोगिताको समापन एवं पुरस्कार वितरण समारोह प्रमुख अतिथि नेशनल प्याव्सनका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमालद्वारा गर्ने भएको छ ।