मच्छिन्द्र क्लबलाई सम्मान


चैत १४, २०७८, सोमबार | दिउँसो ०१:२८ बजे | 0


मच्छिन्द्र क्लबलाई सम्मान

काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आज यहाँ मछिन्द्र क्लबलाई सम्मान गर्नुभयो । क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७७ र २०७८ मा लगातार दुई पटक प्रथम भई ऐतिहासिक जीत हासिल गरेको छ । क्लबको यस सफलताप्रति बधाईसहित सम्मान व्यक्त गर्न मन्त्री श्रेष्ठको स्वकीय सचिवालयद्वारा आयोजित यस कार्यक्रममा क्लबका टीम म्यानेजर अनिल श्रेष्ठ, कार्यसमितिका सदस्यहरु तथा सल्लाहकारहरुलाई खादा ओदाएर समान गर्नुभएको थियो।
सो अवसरमा मन्त्री श्रेष्ठले बहु–आयाम बोेकेको यस क्लबले खेलकूद विधामा अन्तर्राष्ट्रिय क्षेत्रमै उत्कृष्ट क्लबको पहिचान बनाउन सकुन भनी शुभकामना व्यक्त गर्नु हुँदै,सम्मान पत्र दिनुभएको थियो।
समाजको समृद्धि र टोलवासीका समस्या समाधानमा पनि क्लब प्रयत्नशील रहनुपर्ने सुझाव उहाँले दिनुभयो ।
ब्राजिल,अर्जेन्तिनाका प्रधानमन्त्री,राष्ट्रपतिको नाम कसैलाई थहा हुन्न तर पेले,मेसिको देश ब्राजिल,अर्जेन्टिना हो भनेर थहा हुन्छ।यो मानेमा खेलाडीले गर्दा देश चिन्ने भएकोले खेलादी देशको गहना हुन र आफुले शुभकामना एवम बधाई सहित सम्मान गर्न पाउदा मन देखि खुशी भएको मन्त्री  मा.राजेन्द्रप्रसाद श्रेष्ठ ज्युले भन्नुभयो।
क्लबका अध्यक्ष सुनिल कपालीले खेल सँगसँगै सामाजिक र धार्मिक क्रियाकलापमा पनि सक्रिय वडा नं २५ केलटोलमा अवस्थित यस क्लबले टोलवासीको शुभेच्छा र आशिर्वादका कारण सफलता पाउन सकेको मन्त्रीज्युका स्वकिय सचिब शो कार्यक्रमका सभादछ्य  श्रीजनमान श्रेष्ठले क्लबले चालु एएफसी च्यालेन्ज कप प्रतियोगितामा मात्र हैन शहीद स्मारक प्रतियोगितामा तेस्रो पटक पनि विजेता बन्न सकून भनी शुभकामना व्यक्त गर्नुभयो ।
आफू पनि पहिला राम्रो फुटबल खेलाडी भएको तर नेपालमा त्यति राम्रो खेलाडीलाई अवशर नहुदा खेल्न छोदनु परेको बताउदै,क्लबले खेलाडिहरुलाई राम्रो पारिश्रमिक दिएर उच्च मनोबल राखेकोमा धन्यबाद दिनुभएको थियो।मछिन्द्र क्लब रहेको केलटोल भेगका स्थानियको बाक्लो उपस्तिथि रहेको सो कार्यक्रममा २५वडाका वडा अध्यक्ष निलकाजी शाक्य,जनसेवा प्रहरि प्रभागका दिएसपी, जनसरोकार सन्वयका अध्यक्ष श्याम कृष्ण प्रजापति लगायत अतिथी हुनुहुन्थ्यो।
नेपाल सरकारको तर्फबात क्लबलाइ सम्मान गरिएकोमा मा.मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ लाई टोलबासिले धन्यबाद गर्दै यो निर्वाचन छेत्र नम्बर ७को असली जनप्रतिनिधि राजेन्द्र श्रेष्ठ मात्र रहेको प्रमाणित भएको कुरा गरेको थियो।

Comments