टेवलटेनिस तथा डोरी तान्ने प्रतियोगिताका बजयी पुरस्कृत
चैत १४, २०७८, सोमबार | विहान ०६:५४ बजे | 0
भक्तपुर । भक्तपुर नगरपालिका २ वडा खेलकुद समितिद्धारा २०७८ चैत्र ११ र १२ गते आयोजित २ नं वडा व्यापी टेवल टेनिस तथा डोरी तान्ने प्रतियोगिताका खेलहरु तथा पुरस्कार एवं समापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द«ीय सदस्य का. उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवांले नेपालमा अन्य संकायको जस्तो खेलकुदको पनि विश्व विद्यालय खोल्लेर नया“ पुस्ताका खेलाडीहरु तयार पार्नुपर्छ । अस्पताल खोल्नु भन्दा खेलकुद क्षेत्रमा सरकारले लगानी गरे झन फाइदा हुन्छ । नेपालका शासक दलहरु एमाले ,काग्रेस र माओबादी मिलि राष्ट्रघाटी एमसीसी सम्झौता पास गरी अमेरिकी साम्रज्यबाद सामु झुकेको बताउनु भयो । अमेरिका विकासको नाममा विभिन्न देशमा गएर हतियार आपुर्ति गर्दा विनाश भएको छ । नेमकिपा सदैव अमेरिकी साम्राज्यबाद र भारतीय विस्तारबादको विरोधमा रहेका छ भन्नुभयो ।
अर्का अतिथि भक्तपुर नपा २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले व्यवस्थित बसोबासको लागि भक्तपुर नपाले देको, मिवा ,इतापाखे ज्ग्गा एकिकरण आयोजना सञ्चालन गरिहेको छ । यसमा भक्तपुर नपाले नाफा खाने होइन उपभोक्ता कै हितको लागि कार्य गर्ने हो भन्दै वडामा भए गरेका विकास निर्माणबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी तथा शिक्षासेवी बालमुकुन्द बासुकलाले प्रतियोगितामा विजयी खेलाडीहरुलाई बधाई दिंदै प्रतियोगिताबाट प्रतिभावान नया“ राष्ट्रिय खेलाडी उत्पादन हुने आशा प्रकट गर्नभयो ।कार्यक्रममा
२ वडा खेलकुद समितिका अध्यक्ष गणेश प्रसाद सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ नं वडाका वडा सदस्य श्याम सुन्दर मातां, २ वडा खेलकुद समितिका सचिव राजकुमार लघु, कोषाध्यक्ष पुण्यराम स्वंगमिखा , र रेफ्री श्यामकृष्ण बासुकलाले पनि प्रतियोगिताबारे चर्चा गर्नुभयो ।
प्रतियोगिताको परिणाम अनुसार वडाव्यापी पुरुष डोरी तान्ने प्रतियोगितामा व्यासी व्याडमिन्टन क्लव प्रथम , २ वडा खेलकुद समिति दोश्रो र नेपाल क्रान्तिकारी युवा संघ इताछेंले तेश्रोस्थान प्राप्त गर्नु भएको थियो । महिला डोरी तान्ने प्रतियोगिता तर्फ नेपाल क्रान्तिकारी महिला संघ इताछें प्रथम, ख्वप साकोस दोश्रो , संयुक्त रुपमा बालाखु गणेस साकोस र छोलेश्वर साकोस तेश्रो भएको थियो ।
२ वडाव्यापी टेवल टेनिस प्रतियोगितामा व्वाइज सिंगलमा प्रथम युनिस सुवाल ( भिन्तुना साकोस) दोश्रो सिर्जल सुवाल ( भिन्तुना साकोस) संयुक्त रुपमा तेश्रो रोज लघु (ख्वप साकोस) रोजन सुवाल (ख्वप साकोस) भएका छन । लेडिज सिंगल १६ बर्ष मुनि तर्फ प्रथम क्यारिना सुवाल ( भिन्तुना साकोस) दोश्रो दीप शीखा बासुकला (ख्वप साकोस) संयुक्त रुपमा तेश्रो सौरभि कोजू ( भिन्तुना साकोस) र रिसिका दुवाल (सामुदायिक स्कूल ) रहेका छन् ।लेडिज सिंगल १२ बर्ष मुनि तर्फ प्रथम उरवि सुवाल ( सामुदायिक स्कूल ) दोश्रो सेफिना कोजू (भिन्तुना साकोस) संयुक्त रुपमा तेश्रो कलाशा सितिखु (प्रभात टी टी क्लव )र आरोही सुवाल (सामुदायिक स्कूल ) भएका छन । ४० बर्षमाथि भेन्ट्रान्स ंिसगल तर्फ प्रथम राम सुन्दर मातां (लोकेश्वर साकोस),दोश्रो कृणप्रसाद सुवाल ( भिन्तुना साकोस) संयुक्त रुपमा तेश्रो विजयराम कोजु ( भिन्तुना साकोस ) र सिद्धिराम सुवाल (ख्वप साकोस) भएका छन् ।
।