भक्तपुर उद्योग वाणिज्य संघमा बैङ्किग तथा पूँजी बजार सम्बन्धी अन्तरक्रिया
चैत १३, २०७८, आइतबार | साँझ ०४:१८ बजे | 10
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले मुक्तिनाथ विकास बैंक लि. र मुक्तिनाथ क्यापिटल लि.को सहयोगमा ‘‘नेपालमा बैङ्किग तथा पूँजिबजार’’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आजको युगमा बैङ्किग कारोबार सम्बन्धी जानकारी हुनु अत्यन्तै जरुरी भएको आफ्नो अनुभव सुनाउनुभयो । साथै लगानीकर्ताहरुले पूँजीबजार सम्बन्धी बिस्तृत जानकारी र सूचना राख्नुपर्नेमा जोड दिँदै यदि सुसूचित नभएको खण्डमा आफ्नो लगानी जोखिममा पर्नसक्नेतर्फ पनि औल्याउनुभयो । तसर्थ संघले स्थानीय व्यवसायीहरुलाई यस विषयमा पर्याप्त जानकारी होस् भन्ने खातिर यस कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंककोतर्फबाट तेजबहादुर गिरी तथा मोनिका न्यौपाने र मुक्तिनाथ क्यापिटलकोतर्फबाट अशोक पोखरेलले विषयबस्तु माथि प्रकाश पार्नु भएको थियो । त्यसैगरी संघका भूपू अध्यक्ष रामप्रसाद प्रजापति, बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जा, महासचिब दिनेश गोसाईले पनि बैङ्किग र पूँजिबजार सम्बन्धी ज्ञानको अपरिहार्यताबारे आ–आफ्नो बिचार राख्नुभएको थियो ।
उक्त कार्यक्रममा भक्तपुरक ाविभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने करिब ७५ जनाको सहभागिता रहेको थियो ।