युद्ध के हो ?
चैत १३, २०७८, आइतबार | विहान ०७:४४ बजे | 25
कुमार लघु
निर्वाचन क्षेत्रमा आफ्नाले
केही नगर्ला भने भन्न सकिन्न ।
जनतामा जोस छ होस् गुमाउन हुन्न ,
जनताको काम नर्गर्नेहरू
आफ्नो वासस्थान भनेर नजादाँ राम्रो
पहिलेकाहरूले हुलमुलमा जिऊ जोगाउँदा राम्रो
पहिलेकाले अनिकालमा विऊ जोगाउनु राम्रो
सवले पालोपालो लिने र दिने गर्दा राम्रो
अटेर हठ व्यबहार गर्नु नि ठिक छैन्
सवलाई भोक लागेकै हुन्छ, तृष्णा लागेकै हुन्छ
परिस्थिती जटिल छ, जनताको मनमा पिरछ
सासद सदस्यले देश बेचेको मनमा भारिछ है
जनता थकानमाछ रिस फेर्न बसेकै होला !
गाउँठाउँ छिर्न नदिने मानसिकतामा छन्
नेपालीले मात्र होईन् विश्र्वले लडाई खोजेको छ
मातिएका विश्र्वका जनताले युध्द रोजेको छ ।
२०२२ मा विश्र्वयुध्दको वातावरण वन्न लागेको,
एशियामा अमेरिकाले घमडका साथले लडाईमा
हामफाल्न खोजेर युक्रैनलाई उकस्साएको छ ,
युक्रेनलाई युध्दमैदानमा धकेलेर आपत गरेछ
रूसलाई युध्दले हमे पारेकै छ खर्बाैडलर वगे
हिऊमा,पानीमा र जङ्गलको खोचखोचमा
रूसले मानववस्तीको घरआँगन खरानी वनायो
युक्रेनलाई युध्दले आच्छु आच्छु वनायो
कयौ मानव वस्ती उजाड् बनाईदियो
युध्दले पक्कै विश्र्वलाई त्राहिमाम बनाईरहयो
जनताको मनमा विश्र्वयुध्दको भयले ग्रसितछ ,
संसारको जनमानसले शान्तिको चाहना भए नि के ?
पूँजिपतिहरू युध्द चाहन्छन्
गरिवहरू युध्दको सामनामा लागि पर्छन् ,
संसारमा गरिव र धनी भएसम्म युध्द चलिरहन्छन् ,
भक्तपुर